काठमाडौं ।।
सशस्त्र प्रहरी बल नेपालको ‘डिजास्टर रेस्पोन्स सिस्टम’ कन्टेनर टेन्ट लिएर भूकम्प प्रभावित क्षेत्रमा गएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज बिहान तीन वटा कन्टेनरमा १० हजार ७०० थान टेन्ट लिएर पश्चिम रुकुममा गएको हो । उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७०० थान र नं. २२ गुहेश्वरी गण भक्तपुरमा रहेको १० हजार थान टेन्ट पठाइएको सशस्त्र प्रहरीका नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यसअघि भूकम्प पीडितहरूको लागि आवश्यक सामाग्रीसहित दाङबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।