December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
महिलाहरु चुप लागेर बस्ने होइन,आवाजलाई बुलन्द बनाएर आउनुस् : उपसभामुख राना थाइल्यान्ड भन्दै म्यानमार पुर्याएपछि….. सांसद अमरेशको एनसेलविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा राखियो रातदिन सरकार कसरी ढाल्ने भन्ने चलखेल भइरहेको छ : प्रचण्ड आईपीओमा १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन सरकारमाथि नै ठुलो षड्यन्त्र हुँदैछ : प्रधानमन्त्री देउवाले कार्यसम्पादन समितिको बैठक तय गरे वैदेशिक रोजगार विभागद्वारा २५ करोड ठगी एनसेल प्रकरणसम्बन्धी छानबिन समितिले काम गर्दै भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे काममा फर्किए धम्क्याउँदैमा सरकार पछि हट्दैन भन्दै गोविन्द केसीप्रति स्वास्थ्यमन्त्रीको कटाक्ष प्रदेश सरकारले खर्च घटाउनुपर्छ : प्रमुख सचेतक भण्डारी मेलम्चीको पानी काठमाडौंमा झारेकै एमालेको सरकारले हो : ओली उदयपुरमा आगलागीले अढाई करोड बराबरको क्षति पुर्यायो १ घण्टामै २ अर्बभन्दा बढी सेयरमा लगानी घट्यो सुनचाँदीको मूल्य सुन्तला कसरी टिप्ने भन्ने चिन्तामा म्याग्दीबासि इजरायली उच्च अधिकारीहरूले विपीनको खोजी गर्ने गौतमको राजीनामा लगत्तै पाण्डेयको नाम सिफारिस गौतमले संसद्को महासचिवबाट दिए राजीनामा

प्रतिनिसभाको बैठक आज बस्दै

  • साझा परिवेश
  • सोमवार, पुस २५, २०७९ 0८:२८
प्रतिनिसभाको बैठक आज बस्दै

काठमाडौं। प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन्।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन सुरु हुनेछ। दुवै सदनका बेग्लाबेग्लै बैठकमा साझा कार्यसूचीका रुपमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ।

यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।

प्रतिनिधिसभामा १२ दलका नेताको सम्बोधन

प्रतिनिधिसभाको भोलिको बैठकमा सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका नेताले शुभकामना मन्तव्य दिनेछन्। बैठकको प्रारम्भमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सदस्यहरुलाई स्वागत गर्नेछन्।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदका प्रतिनिधित्व रहेको छ।

प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा (एमाले)का ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा (एकीकृत समाजवादी) का १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक तथा स्वतन्त्र पाँच सांसद् छन्।

प्रतिनिधिसभा बैठक हाल कायम प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार सञ्चालन हुनेछ। बैठकले नियमावली, २०७५ लाई अनुमोदनसमेत गर्नेछ। आजको बैठकबाट ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि नियमावलीअनुसार सात जनालाई चयन गरिनेछ। सांसद सदस्य सङ्ख्याका आधारमा कांग्रेस र एमालेबाट दुई-दुई र बाँकी अन्य दलबाट प्रतिनिधित्व हुनेछ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल यही पुस १० गते एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ।

नेपालको संविधानअनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० प्रतिनिधिसभाको बैठक बस्ने प्रावधान छ। यसैगरी पहिलो प्रारम्भ भएको दिनदेखि १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्नेछ।

सभामुखको निर्वाचन सम्पन्न नभइसकेका कारणले हाल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बैठक सञ्चालन गर्नेछन्। उनले यसअघि यही पुस ७ गते नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

  • साझा परिवेश
  • सोमवार, पुस २५, २०७९ 0८:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।