May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

नेपालले पाँच विकेट गुमायो, गुल्सन झा आउट

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १२:३0
नेपालले पाँच विकेट गुमायो, गुल्सन झा आउट

काठमाडौं : आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले पाँच विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ओमानलाई पाँचौ सफलता मिलेको हो।

१६.६ ओभरको खेलमा गुल्शल झा आउट भएका हुन्। संकटमा रहेको नेपाललाई उनले विष्फोटक ब्याटिङ गरेर आशा दिलाएका थिए। झाले २५ बलमा ५४ रन बनाएका छन्। झाले ४ छक्का र ५ चौका प्रहार गरे।

यस अगाडि ९ ओभरको अन्तिम बलमा कुशल मल्ल आउट भएसँग नेपालले चौथो विकेट गुमाएको हो। मल्ल अकिब इलियासको बलमा आउट भएका हुन्। उनले ९ बलमा ३ रन मात्र बनाउन सके।

यस्तै ७.१ ओभरको खेलमा कुशल भुर्तेल आउट भएका हुन्। अकिब इलियासको बलमा मेहरान खानले उनलाई क्याच आउट बनाएका हुन्। भुर्तेलले २२ बलमा ३१ रन बनाएको हो। उनले २ छक्का र ३ चौका प्रहार गरे।

त्यसैगरी ६.१ ओभरको खेलमा नेपालका सन्दीप जोरालाई जिशान मकसूदले बोल्ड आउट गराएका हुन्। उनले १३ बलमा १० रन बनाएर आउट भए।

२.४ ओभरको खेलमा बिलाल खानको बलमा काश्यप प्रजापतिले नेपालका ओपनर आशिफ शेखलाई क्याच आउट गराएका हुन्। शेख ६ बलमा ६ रन बनाएर आउट भए। उनले एक छक्का हानेका थिए।

अहिले नेपाल १८ ओभरको समाप्तिसँग ५ विकेटको क्षतिमा १५१ रन बनाएर खेलिरहेको छ। टस जितेसँगै नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल र ओमान दुवै समूह ‘ए’मा थिए। समूह चरणमा ओमानले शतप्रतिशत जित निकाल्दा समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो। नेपालका लागि घरेलु दर्शकअघि ओमानविरुद्ध समूह चरणको हारको बदला लिँदै च्याम्पियन बन्ने मौका रहेको छ।

कीर्तिपुर र मूलपानी मैदानमा सञ्चालन भएको प्रतियोगिताको समूह ‘ए’मा नेपालसँगै ओमान, सिंगापुर र मलेसिया थिए। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत थिए।

नेपालको टीम : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १२:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।