May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ

इजरायलबाट सबै विद्यार्थीको शव नेपाल आइपुग्यो 

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १४:४0
इजरायलबाट सबै विद्यार्थीको शव नेपाल आइपुग्यो 
  • इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याइयो
  • बेपत्ता भएका विपीन जोशीको उद्धारका लागि पहल हुँदै 
  • आज सेनाको हेलिकोप्टरमार्फत सम्बन्धित जिल्लामा पठाइने

काठमाडौं ।।

दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाई दुबईको विमानमार्फत ११ः३० बजे डोटी लामीखाल ८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए । उनले भने, “इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीको शव नेपाल ल्याइएको छ । इजरायलमा हाललाई उद्धार कार्य करिब करिब सकिएको छ । बेपत्ता भएका विपीन जोशीको उद्धारका लागि पहल भइरहेको छ ।” दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात अक्टोबर ७ मा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

आक्रमणमा परि डोटी लामीखाल ८ का पदम थापा, सल्यान सारदा ३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी ६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन ४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम ५ का दीपेशराज विष्ट, धनुषा सापही ६ का आनन्द शाह, कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन १ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली ३ का राजन फुलारा, तथा कैलाली बौनियाँ ३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त ३ का विपीन जोशी सम्पर्कविहीन छन् । केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका २५४ विद्यार्थीलाई उद्दार गरी नेपाल ल्याएको थियो । डोटी लामीखाल ८ का पदम थापा, डोटी पचनाली ३ का राजन फुलारा र सल्यान सारदा ३ का प्रवेश भण्डारीको शव आज नेपाली सेनाको हेलिकोप्टरमार्फत सम्बन्धित जिल्लामा पठाइने तयारी भएको सहसचिव आरणले जानकारी दिए ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १४:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट