April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

काठमाण्डौ महानगरमा सङ्कलन भएको फोहरबाट जैविक मल उत्पादन हुने

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० ११:१८
काठमाण्डौ महानगरमा सङ्कलन भएको फोहरबाट जैविक मल उत्पादन हुने

काठमाण्डौ – काठमाण्डौ महानगरपालिका वडा नं. २७ बाट सङ्कलन भएको झण्डै १४ हजार किलो जैविक फोहर टेकु ट्रान्सफर स्टेशनमा कम्पोष्टिङ भएको छ ।

फोहरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहरलाई छुट्टै सङ्कलन गरी ढुवानी पनि छुट्टै गरेर छुट्टाछुट्टै व्यवस्थापन गर्न थालिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकामा वडा नं. २७ बाट घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी भएको हो । ५ हजार जनसङ्ख्या रहेको वडा नं. २७ मा १ हजार ४ सय घरधुरी छन् । उनीहरुले उत्पादन गर्ने जैविक फोहरको मात्रा दैनिक औसत ५ सय किलो छ ।

वातावरण व्यवस्थापन विभागकी उपनिर्देशक सानुमैयाँ महर्जनले वडा नं. २७ मा फोहर वर्गीकरण गरेर माघ २१ गतेदेखि टेकु ल्याउन थालिएको जानकारी दिए । उनका अनुसार सङ्कलित फोहरको १५ प्रतिशत मात्रामा जैविक मल उत्पादन हुन्छ ।

फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा नै वर्गीकरण गर्ने अभियान थालिएपछि वडाबाट फोहर उत्पादनको स्वरुपमा परिवर्तन आएको विभागका इञ्जिनीयर सरकारदीप श्रेष्ठले बताए। उनले कुहिने फोहर उपभोक्ता आफैँले मल बनाउने र नकुहिने फोहर बेच्न मिल्नेजति बच्ने गर्न थालेका जानकारी दिए ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० ११:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।