May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

कार्यक्रमका लागि अमेरिका पुगेका गायक हर्कुलस प्रस्तुति नै नदिइ बेपत्ता ?

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० ११:0८
कार्यक्रमका लागि अमेरिका पुगेका गायक हर्कुलस प्रस्तुति नै नदिइ बेपत्ता ?

काठमाडौं– गायक हर्कुलस बस्नेत अमेरिका पुगेर सम्पर्कविहिन् भएको उनलाई त्यहाँ निम्त्याउने आयोजक संस्था स्रोतले खुलासा गरेको छ । सांगीतिक कार्यक्रममा प्रस्तुति दिन अमेरिका पुगेका बस्नेत प्रारम्भका केही कार्यक्रममा सहभागि भए पनि न्युयोर्कको कार्यक्रमममा भने सहभागि नभएको जानकारी प्राप्त भएको छ ।

कार्यक्रमका लागि आयोजकले सम्पर्क गर्न खोज्दासमेत उनी सम्पर्कमा नआइरहेका बताइएको छ । पहिलो पटक आफ्नो प्रस्तुति दिन अमेरिका पुगेका हर्कुलसको साथमा अस्मिता अधिकारीको पनि प्रस्तुति थियो । हर्कुलस सम्पर्कमा नआए पनि उनले भने आफ्नो प्रस्तुति दिएकी छिन् ।

गत अक्टोबर ३१ तारिक मंगलबार बोस्टनको कार्यक्रम सकेर न्यूयोर्क आएका गायक बस्नेत नोभेम्बर १, बुधबारका दिन साथी भेट्छु भनि निस्किएका थिए । नोभेम्बर ३ मा उनको न्यूयोर्कमा प्रस्तुति थियो । तर कार्यक्रममा उनी उपस्थित भएनन् । आयोजकले फोन र म्यासेजमार्फत स्म्म्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । माइभ एट प्रेजेन्टको मुख्य आयोजनामा अक्टुवर २१ देखिसम्म उनी सहभागि हुने गरेर कार्यक्रम आयोजना गरिएको थियो ।

आयोजकको सम्पर्कमा नआए पनि उनले दुई दिन पहिले आफ्नो सामाजिक सञ्जालमा साथीसंगै न्यूयोर्क घुमेको लाईभ भिडियो शेयर गरेका छन् । त्यस्तै अन्य अपडेट पनि निरन्तर गरिरहेका छन् ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट