काठमाडौं ।।
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा सुमन पोखरेललाई नियुक्त गरिएको छ । पोखरेल यसअघि आइएमई समूहका प्रमुख कार्यकारी अधिकृत थिए । उनी आइएमई समूहको उपाध्यक्षसमेत रहेका थिए । एभरेष्ट बैंकबाट करिअर सुरु गरेका पोखरेलले ग्लोबल बैंकमा तीन वर्ष काम गरेपछि सञ्चालक समिति सदस्यमा चयन भएका थिए । पोखरेलले आजै पदभार ग्रहण गर्न लागेको बैंक स्रोतले जानकारी दिएको छ । ग्लोबल आइएमई बैंकको सीईओमा अहिले रत्नराज बज्राचार्य छन् भने वरिष्ठ नावब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र रेग्मी रहेका छन् ।