March 27, 2025 | बिहिबार, चैत्र १३, २०८१
सुचनाहरु
भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना नेपाल प्रतिको विदेशी मोह: अमेरिकन नागरिक लोरेटाले पोखराको सराङकोटमा विसर्जन गरिन् श्रीमानको अस्तु बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर  ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न खोजेका लालबहादुर बाँचे ‘मलाई सरकारले न्याय गर्यो, लोडसेडिङ हुँदैन’ भन्दै हितेन्द्रदेवले दिए प्रतीक्रिया कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम “एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी

शरणार्थी प्रकरणमा राजनीतिक हस्क्षेप हुन दिन हुन्न : जितेन्द्रनारायण

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १५:३0
शरणार्थी प्रकरणमा राजनीतिक हस्क्षेप हुन दिन हुन्न : जितेन्द्रनारायण

काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई आग्रह गरेका छन् । यो अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्विकार्य नहुने उनले बताए । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य देवले यसमा संलग्न जोकोहीलाई कारबाही गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो मुलुकमा भ्रष्टाचार संस्थागत छ, भ्रष्टाचार नियन्त्रणका लागि निडर र निष्पक्ष भएर काम गर्न वर्तमान सरकारलाई पनि आग्रह गर्न चाहन्छु ।’

भ्रष्टाचार नियन्त्रणमा सरकार र प्रमुख राजनीतिक शक्तिहरुले काम गरे अग्रगमनको बाटो सुरक्षित हुने भन्दै पूर्वमन्त्री समेत रहेका देवले भने, ‘खुट्टा कमायो, भ्रष्टाचार बढ्यो भने प्रतिगमनकारीहरु यही मुद्दामा चढेर प्रतिगमन गर्दछन् ।’ नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष, स्वतन्त्र, कानुनसम्मत हुनुपर्ने उनले बताए ।

‘त्यो राज्य विरुद्धको अपराध पनि हो । राज्यको गोपनियतासँग चलखेल गर्नु, राज्यको दस्तावेजलाई तलमाथि गर्नु यो राज्य विरुद्धको अपराध हो,’ देवले भने, ‘यो सामान्य भ्रष्टाचारको मुद्दा होइन ।’

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १५:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट