sweet bonanza
February 19, 2026 | बिहिबार, फाल्गुन ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

महिनावारी पछि सार्ने औषधि खान सोच्नुपर्छ

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १५:५४
महिनावारी पछि सार्ने औषधि खान सोच्नुपर्छ

तिहार आउंदैगर्दा महिला दिदीबहिनीलाई महिनावारीको समस्याले सताउँछ । दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयताको पर्वका बेला महिलालाई एउटा छुट्टै तनाव हुन सक्छ । महिनावारी भइहालेमा धार्मिक कार्य र दाजुभाइलाई भाइटीका लगाइदिन असहज हुने हो कि भन्ने डर हुन्छ । यस्तोमा महिनावारीलाई केही समय पर धकेल्ने औषधि महिलाले खाने गरेका छन् । तिहारमा दाजुभाइलाई टीका लगाउन दिदीबहिनीले यो विकल्प रोज्छन् ।

जब महिनावारी रोक्नका लागि औषधिको सेवन गरिन्छ, शरीरमा प्रोजेस्टेरोन हार्मोनको स्तर बढ्न जान्छ ।  यस्तो चक्कीले सोझै महिलामा हुने हार्मोनल चक्रलाई प्रभावित गर्छ । र, केही समय महिनावारी रोक्ने गर्छ । महिनावारी पर सार्ने औषधिको रुपमा प्रोजेस्टोरोन, नोरेथोस्ट्रोन र २१ दिनको गर्भनिरोधक चक्की बजारमा पाइन्छ । तर चिकित्सकको सल्लाहबिना जथाभावी खाँदा हानि गर्न सक्छ । यो औषधि खाने निश्चित मात्रा र समय हुन्छ । जुन धेरैलाई थाहा नहुन सक्छ । यस्ता औषधिको प्रतिचक्की १० देखि २० रुपैयाँसम्म पर्छ ।

डाक्टरले यस्ता औषधि सुझाउदैनन्

यस किसिमको औषधि चाडबाडको नाममा लिन चिकित्सकले सुझाउँदैनन् । शरीरको आफ्नो एउटा प्रणाली र समय तालिका हुन्छ । र, महिनावारी पनि प्राकृतिक चक्र हो । यसलाई तोडमोड गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

डाक्टरले कुनै उपचार र शल्यक्रियाका लागि महिनावारी रोक्न आवश्यक हुने स्थितिमा मात्र उनीहरुको शारीरिक स्वास्थ्य परीक्षण गरेपछि औषधि लिन सल्लाह दिन्छन् । किनभने यसका साइड-इफेक्ट धेरै छन् ।

वर्षमा एकपटक खाँदा खासै समस्या नगरे पनि पटकपटक र धेरैवटा चक्की खाँदा औषधिले तुरुन्तै केही असर नदेखाए पनि दीर्घकालीन रूपमा विभिन्न समस्या उत्पन्न गराउन सक्छ । यस्ता औषधि लिनैपर्ने खण्डमा चिकित्सकको सल्लाह र निगरानीमा मात्र लिनुपर्ने हुन्छ ।

औषधि खाने बित्तिकै देखिने समस्या

औषधि खानेबित्तिकै धेरैलाई लाग्न सक्छ, महिनावारी रोकिने बित्तिकै महिनावारी हुनु केही अगावै देखिने ‘मेन्सुरेसन प्रि-सिन्ड्रोम’ हुँदैन । तर यो भ्रम मात्र हो । यसको काम भनेको महिनावारीलाई केही दिन रोक्नु मात्र हो । धेरैलाई यस्ता औषधि लिने बित्तिकै महिनावारीको समयमा हुने जस्तै गरी कम्मर दुख्ने, बेचैनी, जीउ दुख्ने, मुड स्विङ हुने, तल्लो पेट दुख्ने, शारीरिक कमजोरी हुन सक्छ ।

साइड-इफेक्ट

टाउको दुख्ने, वाकवाकी आउने, रिंगटा लाग्ने शरीरमा थकान महसुस हुने हुन्छ । त्यस्तै, महिनावारी नियमित नहुने, कतिपयलाई महिनावारी हुँदा धेरै रक्तस्राव हुने समस्या पनि देखिन्छ । औषधि खानेबित्तिकै शरीर चिलाएमा यो औषधि तुरुन्त रोक्नुपर्छ ।

महिनावारी रोक्दा शारीरिकदेखि मानसिक समस्या देखा पर्न सक्छ । पटकपटक र लामो समयसम्म महिनावारी ढिलो हुने औषधि खाँदा अनियमित रक्तस्राव हुन सक्छ । औषधिको प्रभाव केही दिन मात्र रहन्छ । यस्तो पनि हुन सक्छ कि औषधि खाँदा पनि रक्तश्राव हुन सक्छ ।

कोलेस्टेरल बढ्ने

महिनावारी रोक्ने औषधिमा कोलेस्टेरोल बढाउने रसायन पनि हुन सक्छ । बढ्दो कोलेस्टेरोलले हृदय रोगको जोखिम बढाउँछ । गर्भधारण रोक्न औषधि लिइरहेका महिलाले महिनावारी नभएको सोच्छन् । तर महिनावारी रोकिंदा आफू गर्भवती भएको पनि थाहा पाउँदैनन् । जसकारण आवश्यकताबिना महिनावारी रोक्नु घातक हुन जान्छ ।

खुट्टामा रगत जम्ने

लामो समयसम्म यी औषधि सेवन गर्दा खुट्टामा रगत जम्न सक्छ । यदि यो फोक्सोमा पुग्यो भने यसले श्वास फेर्न गाह्रो बनाउँछ र यो क्लट मस्तिष्कमा पुगेमा यसले व्यक्तिलाई अपाङ्गसमेत बनाउन सक्छ ।

लामो समयसम्म खाँदा कसैलाई माइग्रेनको समस्या पनि निम्तिन सक्छ ।

कसले खानै हुदैन ?

मुटरोग, माइग्रेन र मोटोपन भएका महिलाले महिनावारी पछि सार्ने औषधि खानै हुँदैन । यसको सेवनले हृदयघात, अल्सर, मिर्गौला, कलेजो र आन्द्रासम्बन्धी समस्या देखिने जोखिम हुन्छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १५:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid