March 27, 2025 | बिहिबार, चैत्र १३, २०८१
सुचनाहरु
भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना नेपाल प्रतिको विदेशी मोह: अमेरिकन नागरिक लोरेटाले पोखराको सराङकोटमा विसर्जन गरिन् श्रीमानको अस्तु बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर  ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न खोजेका लालबहादुर बाँचे ‘मलाई सरकारले न्याय गर्यो, लोडसेडिङ हुँदैन’ भन्दै हितेन्द्रदेवले दिए प्रतीक्रिया कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम “एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी

भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे म सरकार छाड्न तयार छु  : प्रधानमन्त्री

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १0:३0
भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे म सरकार छाड्न तयार छु  : प्रधानमन्त्री

काठमाडौं ।।

  • भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे प्रचण्ड सरकार छाड्न तयार 
  • प्रचण्डले सरकारलाई ठूलो नमानेको 
  • ‘कतिपयले आशंका गरेको देख्छु-सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने तर म झुक्दिन : प्रचण्ड
  • भारत भ्रमणको क्रममा भएका सहमति-सम्झौता ऐतिहासिक भयो 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे सरकार छाड्ने बताएका छन् । सरकार आफ्ना लागि ठूलो कुरा नभएको भन्दै गलत सम्झौता नगर्ने बताए । प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग आज बिहान बालुवाटारस्थित निवासमा भएको भेटमा र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान आयोजित अर्को एक कार्यक्रमहरुमा प्रचण्डले सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढ्ने बताए ।

पार्टीका दिवंगत नेता डिआर पौडेलको चौथो स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘कतिपयले आशंका गरेको देख्छु-सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु- सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो । भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन ।’

त्यसअघि प्रेस सेन्टर नेपालको टोलीसँग बालुवारस्थित निवासमा भएको भेटमा पनि प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार छाड्न परे पनि परोस् भनेर सोचिएको बताए । उनले भने, ‘भ्रष्टाचार र बेथितीविरुद्ध लड्दा लड्दै बरु सरकार गए जान्छ भन्ने सोचिएको छ के । यो विषयमा गलत सम्झौता गर्नुभन्दा बरु सरकार छोड्नु र जनतामा जानु बढी लाभदायक छ भन्ने मेरो बुझाइमा ।’

पछिल्लो पटक सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारविरुद्ध चालेको कदम र आफ्नो भारत भ्रमणको क्रममा भएका सहमति-सम्झौता ऐतिहासिक भएको प्रचण्डले बताएका छन् । एकथरीले भ्रष्टाचारविरुद्ध लड्ने हामी हौं भनेर जनतामा भ्रम सिर्जना गर्न खोजेको र असली राष्ट्रवादी म हुँ भनेर प्रचार गर्न खोजेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रवादको कुरा गर्ने हो भने अहिलेको भारत भ्रमण जतिको राष्ट्रवाद केही पनि होइन ।’

भारतमा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात, नेपाल-भारत पारवहन सम्झौता नवीकरण, हवाई रुट, भन्सार जाँच चौकी लगायतका विषयमा भएका सम्झौता ऐतिहासिक भएको प्रचण्डको दाबी छ । घेराबन्दी र अप्ठ्यारो परिस्थितिका बीच सरकारले राम्रा काम गरेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसको प्रचार भने कम भएको बताए ।

‘राम्रो काम गरेर मात्र पुग्दैन । राम्रो कामलाई यो राम्रो हो भनेर जनतालाई बुझाउने कुरा र भ्रमलाई चिर्ने कुरा धेरै महत्वपूर्ण हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राम्रो गर्ने र राम्रोको विरोध गर्नेहरुको सशक्त प्रतिवाद गरेर मात्रै आन्दोलनलाई, जनतालाई र राष्ट्रलाई राम्रो गर्न सकिन्छ भन्ने नै मुख्य कुरा हो ।’

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १0:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट