May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

पाटन अस्पतालमा आज पनि आकस्मिक बाहेकका सेवा बन्द

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० 0७:५८
पाटन अस्पतालमा आज पनि आकस्मिक बाहेकका सेवा बन्द

काठमाण्डौ – पाटन अस्पतालमा आज पनि आकस्मिक बाहेकका सेवा बन्द भएको छ । हिजोदेखि अस्पतालको आकस्मिक सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामी मर्कामा परेका छन् । ओपिडीलगायत सेवाका लागि गएका बिरामीहरु त्यसै फर्किरहेका छन् ।

यसैबीच, जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, डाक्टर र सरोकारवालाहरूलाई स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गरेको छ । परिसरका प्रवक्ता एवम् एसपी नवराज कार्कीले विज्ञप्ति निकालेर स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गर्नुभएको हो ।

अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरी आन्दोलन थालेपछि प्रहरीले सेवा सञ्चालनको अनुरोध गरेको हो । गएको शनिवार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा रहेका कृष्णबहादुर नगरकोटी र जनमाया राईको ज्यान गएको घटनालाई लिएर उनीहरुका आफन्तले डाक्टरलाई दुर्व्यवहार गरेको भन्दै डाक्टर एवम् स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् । प्रहरीले घटनाबारेमा अनुसन्धान भइरहेकोले सेवा नरोक्न भनेको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० 0७:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट