May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

बाबा रामदेव सर्वोच्चको निगरानीमा

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १२:१३
बाबा रामदेव सर्वोच्चको निगरानीमा
  • रामदेवको व्यापारिक उत्पादनहरूमा सर्वोच्च अदालतले प्रश्न
  • गलत विज्ञापन नगर्न पतंजलीलाई अदालतको आदेश
  • गर्नै नपर्ने अनेकौं प्रकारका जाँच हरू गराएर अपराध गरेको आरोप 

काठमाडौं ।।

भारतीय योग गुरु बाबा रामदेवको व्यापारिक उत्पादनहरूमा त्यहाँको सर्वोच्च अदालतले प्रश्न गरेको छ । आफ्ना उत्पादनहरूको प्रयोग गर्दा ब्लड प्रेसर, सुगर, थाइराइडका रोग, दम, बाथ, मोटोपन, कलेजो र मृगौलाका रोगहरू निको हुने दावी गरिरहेको पतंजलीलाई अदालतले गलत विज्ञापन नगर्न आदेश गरेको हो । गत मंगलवार भारतीय सर्वोच्च अदालतमा भारतीय मेडिकल एसोसिएसनले दर्ता गरेको रिट निवेदनमा सुनुवाई गर्दै अदालतले गलत तवरले रोग निको हुने दावी गरेका विज्ञापन तुरुन्त हटाउन आदेश दिंदै अन्यथा ठूलो जरिवाना गर्ने बताएको थियो ।

भारतीय संचार माध्यमहरूका अनुसार पतंजलीले सर्वोच्चको आदेशलाई मान्छु भन्ने दाबी गरेता पनि आफ्ना औषधिजन्य उत्पादनहरूले भनेजस्तै रोगहरूलाई निको पार्छ भनेर प्रेस रिलिजमार्फत् पुनः दावी गरेको छ ।चिकित्साशास्त्रका केही आधुनिक डक्टरहरूले नक्कली पेसमेकर राख्ने, मृगौला चोर्ने, जथाभावी औषधिको प्रयोग गर्ने र गर्नै नपर्ने अनेकौं प्रकारका जाँच हरू गराएर अपराध गरिरहेको आरोप समेत पतंजलीले लगाएको छ ।

पतंजली आयुर्वेदले आफूसँग करोडौं बिरामीहरूको डेटाबेस रहेको र बिरामीहरूलाई साँच्चिकै फाइदा पुगेको प्रमाण भएको पनि जनाएको छ । तर, पतंजलीको प्रेस रिलिजमा एउटै उत्पादनले कुनै रोग विशेष निको पारेको भन्ने जनाएको छैन । उसले, योग, आयुर्वेद, नेचुरोप्याथी, पञ्चकर्म, सत्कर्म, व्रत तथा उपचार एकीकृत रुपमा गरिंदा धेरै बिरामी निको भएको पनि जनाएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १२:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।