sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बाबा रामदेव सर्वोच्चको निगरानीमा

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १२:१३
बाबा रामदेव सर्वोच्चको निगरानीमा
  • रामदेवको व्यापारिक उत्पादनहरूमा सर्वोच्च अदालतले प्रश्न
  • गलत विज्ञापन नगर्न पतंजलीलाई अदालतको आदेश
  • गर्नै नपर्ने अनेकौं प्रकारका जाँच हरू गराएर अपराध गरेको आरोप 

काठमाडौं ।।

भारतीय योग गुरु बाबा रामदेवको व्यापारिक उत्पादनहरूमा त्यहाँको सर्वोच्च अदालतले प्रश्न गरेको छ । आफ्ना उत्पादनहरूको प्रयोग गर्दा ब्लड प्रेसर, सुगर, थाइराइडका रोग, दम, बाथ, मोटोपन, कलेजो र मृगौलाका रोगहरू निको हुने दावी गरिरहेको पतंजलीलाई अदालतले गलत विज्ञापन नगर्न आदेश गरेको हो । गत मंगलवार भारतीय सर्वोच्च अदालतमा भारतीय मेडिकल एसोसिएसनले दर्ता गरेको रिट निवेदनमा सुनुवाई गर्दै अदालतले गलत तवरले रोग निको हुने दावी गरेका विज्ञापन तुरुन्त हटाउन आदेश दिंदै अन्यथा ठूलो जरिवाना गर्ने बताएको थियो ।

भारतीय संचार माध्यमहरूका अनुसार पतंजलीले सर्वोच्चको आदेशलाई मान्छु भन्ने दाबी गरेता पनि आफ्ना औषधिजन्य उत्पादनहरूले भनेजस्तै रोगहरूलाई निको पार्छ भनेर प्रेस रिलिजमार्फत् पुनः दावी गरेको छ ।चिकित्साशास्त्रका केही आधुनिक डक्टरहरूले नक्कली पेसमेकर राख्ने, मृगौला चोर्ने, जथाभावी औषधिको प्रयोग गर्ने र गर्नै नपर्ने अनेकौं प्रकारका जाँच हरू गराएर अपराध गरिरहेको आरोप समेत पतंजलीले लगाएको छ ।

पतंजली आयुर्वेदले आफूसँग करोडौं बिरामीहरूको डेटाबेस रहेको र बिरामीहरूलाई साँच्चिकै फाइदा पुगेको प्रमाण भएको पनि जनाएको छ । तर, पतंजलीको प्रेस रिलिजमा एउटै उत्पादनले कुनै रोग विशेष निको पारेको भन्ने जनाएको छैन । उसले, योग, आयुर्वेद, नेचुरोप्याथी, पञ्चकर्म, सत्कर्म, व्रत तथा उपचार एकीकृत रुपमा गरिंदा धेरै बिरामी निको भएको पनि जनाएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १२:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid