May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

कवि अनु शाहको “अनुराग” लोकार्पित

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १0:१८
कवि अनु शाहको “अनुराग” लोकार्पित

चौध बर्षदेखि निरन्तर प्रकाशित रहेको मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रा.लि.को आयोजनामा आज पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अमेरिकाको बोस्टनलाई कर्मथलो बनाएकी अनु शाहको कवितासङ्ग्रह “अनुराग”को लोकार्पण सम्पन्न भएको छ ।

पूर्व प्रधानमन्तरी केपी ओली तथा मञ्चासिन अतिथिहरु माननीयहरु कोमल ओली, शान्ता चौधरी, मीना श्रेष्ठ, नायक कृष्ण मल्ल, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलगायतले संयुक्त रुपमा सो कृतिको लोकार्पण गरेका थिए ।

कृतिको विमोचनपश्चात् सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि ओलीले आफूले विमोचित कृतिका केही कविता पढेको र सुन्दर लागेको बताए ।

यसैगरी कार्यक्रममा पत्रकार ऋषि धमला, कलाकार कृष्ण मल्ल, पत्रकार पुरुषोत्तम दाहाल, साहित्यकार प्रकाश सायमि, लोकार्पित कृतिकी लेखिका अनु शाहलगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रम कृतिकार अनु शाहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कृतिकार अनु शाहले यौटा कविता वाचन गर्दै धन्यवाद ज्ञापन गरिन् । कार्यक्रमको सुरुमा मिलाप पत्रिकाका प्रधान सम्पादक कृष्ण भूषालले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।कार्यक्रमको सञ्चाल‍न सरोज कोइरालाले गरेका थिए ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १0:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।