May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० ११:४९
उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा

जी–७ का विदेशमन्त्रीहरूले उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा ‘कडा निन्दा’ गरेको जापानले बुधबार बताएको छ ।

जापानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “उत्तर कोरियाको लगातारको ब्यालेस्टिक मिसाइल प्रक्षेपणका साथै उत्तर कोरियाबाट रुसलाई हतियार हस्तान्तरणप्रति जी–७ का विदेशमन्त्रीहरूले कडा निन्दा गर्नुभएको छ, यसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रासङ्गिक प्रस्तावहरूको उल्लङ्घन गरेको छ ।”

युक्रेनसँगको युद्धमा प्रयोग गर्नका लागि उत्तर कोरियाले रुसलाई १० लाखभन्दा बढी तोप प्रदान गरेको र त्यसको बदलामा प्योङयाङले स्याटेलाइट प्रविधिमा सल्लाह लिइरहेको देखिएको सोलको जासुसी एजेन्सीलाई उद्धृत गर्दै दक्षिण कोरियाका एक सांसदले यसै महिनाको सुरुमा बताएका थिए ।

दुवै देशका नेताहरू किम जोङ उन र भ्लादिमिर पुटिनले सेप्टेम्बरमा रुसको सुदूर पूर्वमा एउटा उच्चस्तरको शिखर सम्मेलन आयोजना गर्नुभएको थियो । त्यसपछि प्योङयाङले मस्कोलाई हतियार प्रदान गर्न सुरु गरेको वासिङ्टनले दावी गरेको थियो ।

आक्रामक हुँदै गएको चीनसँग कसरी राम्रो तरिकाले संलग्न हुन सकिन्छ भन्नेबारे पनि जी–७ को बैठकमा चर्चा भएको थियो । “विश्वव्यापी चुनौतीहरूका साथै साझा चासोका क्षेत्रमा चीनसँग मिलेर काम गर्ने आवश्यक्तालाई स्वीकार गर्दै विदेशमन्त्रीहरूले चीनसँग स्पष्टरूपमा संलग्न हुने र हाम्रा चासोहरूलाई सिधै व्यक्त गर्ने महत्वलाई एक पटक पुनः पुष्टि गर्नुभएको छ”, जापानले भनेको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० ११:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।