May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

लेकसाइड २४ सै घण्टा खुल्ला राख्न पोखरा उच्च अदालतको परमादेश

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १५:५२
लेकसाइड २४ सै घण्टा खुल्ला राख्न पोखरा उच्च अदालतको परमादेश
  • लेकसाइड क्षेत्रलाई २४ सै घण्टा खुल्ला राख्न परमादेश जारी
  • अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानुन विपरीतको कार्य नगर्नु नगराउन अनुरोध 
  • अदालतले १५ दिनभित्र लिखित जवाफ दिनुपर्ने 

पोखरा ।।

उच्च अदालत पोखराले लेकसाइड क्षेत्रलाई २४ सै घण्टा खुल्ला राख्न परमादेश जारी गरेको छ । बुधबार उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले गृह प्रशासन सुधार कार्ययोजनाको आधारमा लेकसाइडका व्यवसायलाई २४ घण्टा नै खुला राख्न निषेधाज्ञायुक्त परमादेश जारी गरेको हो । देवीकुमारी बरालले जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेकी थिइन् । उच्चले अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानुन विपरीतको कार्य नगर्नु नगराउन भनेको छ ।

“गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं. २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेक साइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको भनी निवेदकले निवेदन साथ पेस गरेको उक्त कार्ययोजना प्रतिलिपिबाट देखिँदा विपक्षीहरूको निवेदन परेको अवस्थामा कानुनबमोजिम पुनर्विचार हुन सक्ने नै हुँदा प्रस्तुत निवेदनको अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानुन विपरीतको कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिएको छ,” आदेशमा भनिएको छ ।

यस्तै, विपक्षी जिल्ला प्रशासन कार्यालयलाई आदेशको जानकारी गराउन पनि उच्चले भनेको छ । यसबाहेक अदालतले १५ दिनभित्र लिखित जवाफ दिन पनि भनेको छ । आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवेदकको मागअनुसारको आदेश किन जारी हुनु नपर्ने हो ? निवेदकको निवेदन मागअनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना भएको मितिले बाटाका म्याद बाहेक १५ (पन्ध्र) दिनभित्र विपक्षीहरूका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत लिखित जवाफ पेस गर्नुहोला भनी विपक्षीहरूका नाममा प्रस्तुत आदेश र निवेदनको प्रतिलिपि समेत साथै राखी म्याद सूचना पठाई लिखित जवाफ परेपछि वा सोको अवधि व्यतित भएपछि नियमानुसार गरी पेस गर्नुहोला ।” देवीकुमारी बरालले दायर गरेको रिटमाथि वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ताहरू शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गरेका थिए ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १५:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्