May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

जाजरकोटमा २६ हजार ५२० घर ध्वस्त

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १६:0१
जाजरकोटमा २६ हजार ५२० घर ध्वस्त
  • भूकम्पले क्षति गरेको घरको संख्या ६१ हजार ९११ पुग्यो 
  • संरचना भत्किदा १५३ जनाको मृत्यु र ३६४ जना घाइते

काठमाडौं ।।

जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पले क्षति गरेको घरको संख्या ६१ हजार ९११ पुगेको छ ।  गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार यो विवरण बुधबार दिउँसो १ बजेसम्मको हो । विवरण आउने क्रम जारी रहेकोले क्षति भएका घरको संख्या अझ बढ्ने जनाइएको छ । शाखाका अनुसार जाजरकोट भूकम्पले २६ हजार ५२० घरमा आंशिक क्षति गरेको छ भने २६ हजार ५२० घरमा पूर्ण क्षति गरेको शाखाले जनाएको छ । भूकम्पले जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्युठान र अछाम गरी १३ जिल्लामा असर गरेको थियो । शाखाका अनुसार भूकम्पले सबैभन्दा ठूलो जनधनको क्षति जाजरकोट र रुकुम पश्चिममा गरेको छ ।

जाजरकाटेमा २४ हजार ७०७ घरमा आंशिक र ९ हजार ७९४ घरमा पूर्ण क्षति गरेको छ । रुकुम पश्चिमका ९ हजार ९६१ घरमा आंशिक र १६ हजार ५७० घरमा पूर्ण क्षति गरेको छ । शाखाले उपलब्ध गरेको विवरणअनुसार रुकुम पूर्वमा १८२ घरमा आंशिक र दुई घरमा पूर्ण क्षति, सल्यानमा ४१८ घरमा आंशिक र १२९ घरमा पूर्ण, रोल्पामा ८३ घरमा आंशिक र १७ घरमा पूर्ण क्षति गरेको छ । यस्तै, नवलपरासी पूर्वको एक, दैलेखको एक, दाङको सात र प्युठानको ३१ घरमा भूकम्पले आंशिक क्षति गरेको छ । दैलेखको एक, बैतडीको एक, जुम्लाको पाँच र कालिकोटको एक घरमा पूर्ण क्षति गरेको छ । भूकम्पले संरचना भत्किदा १५३ जनाको मृत्यु र ३६४ जना घाइते भएका थिए । भूकम्पका कारण विभिन्न जिल्लामा १४ वटा सरकारी भवन भत्केको शाखाले जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।