April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

मिठाईमा रङ हाले कडा कारवाही गर्ने

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १७:२३
मिठाईमा रङ हाले कडा कारवाही गर्ने
  • तोकिएको मात्रा र विधि विपरित रंगको प्रयोग गर्न निर्देशन
  • जथाभावी रंग प्रयोग गरेमा नियमबमोजिम कारबाही गर्ने

पोखरा ।।

पोखरा महानगरपालिकाले मिठाईलगायतका खाद्य पदार्थमा तोकिएको मात्रा र विधि विपरित रंगको प्रयोग गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै खाद्य नियमावली २०२७ ले खाद्य पदार्थमा खाद्य रंग प्रयोगमा निषेध गरेको र यस्ता वस्तुको सेवनले स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकोले तोकिएबमोजिम मात्र रंग प्रयोग गर्न भनेको हो ।

‘रंग प्रयोग गरी पकाइएका खाद्य वस्तुहरु सेवन गर्दा तथा खाद्य वस्तुमा भएको परिवर्तनले स्वास्थ्यमा गम्भीर असर (एलर्जी तथा क्यान्सरजस्तो घातक रोग) हुने हुँदा खाद्य नियमावली २०२७ ले पकाएर खानुपर्ने खाद्य पदार्थमा स्वीकृत खाद्य रंग समेत निषेध गरेकाले तोकिएका खाद्य वस्तुमा तोकिएबमोजिम मात्र रंग प्रयोग गर्न अनुरोध छ,’ सूचनामा भनिएको छ ।महानगरले स्वीकृत खाद्य रंगबाहेक अन्य अखाद्य रंगहरु प्रयोग नगर्न आग्रह गर्दै यस्तो कार्य गरेको पाइएमा नियमबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ । त्यस्तै, उपभोक्ता तथा व्यवसायीलाई आफ्नो स्वास्थ्यमा असर पर्ने रंग मिलाइएका वस्तु उपभोग नगर्न नगराउन पनि भनिएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १७:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट