April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

‘यही सरकार रहिरह्यो भने देश टाट पल्टिन्छ’ : ओली

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १६:0७
‘यही सरकार रहिरह्यो भने देश टाट पल्टिन्छ’ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेढ वर्षसम्म यो सरकार कायमै रहे मुलुक टाट पल्टिने दाबी गरेका छन् ।

मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको र यसलाई रोक्न नसके डेढ वर्षमा मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताए ।

‘यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ । देश टाट पल्टिदैछ । तर एउटा उद्योगपति, जो सत्तापक्षीय उद्योगपति उसको ४० अर्ब खुद नाफा एक वर्षमा । एउटा व्यक्तिले चालिस अर्ब थप कमायो । सम्पत्ति बढायो चालिस अर्ब । देशमा अहिले स्थानीय तहमा समपूरक बजेट ५० प्रतिशत भन्दा बढि पठाउन सक्दिन भनेर सरकारले लत्तो छोडिसक्यो’ उनले भने ।

उद्योगहरु प्राय बन्द रहेको र निर्माण व्यवसाय ध्वस्त भएको भन्दै ओलीले सत्तारुढ गठबन्धनलाई मुलुकको चिन्ता नभएको आरोप लगाए ।
‘अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने, ओरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरि मुश्किल हुन्छ, देश असफल राष्ट्र बन्ने खतरा हुन्छ’ ओलीले भने, ‘यहाँ यत्तिकै हाहाहुहुँ गरेर कुद्नेहरु, २-४ ढुंगा हानेर कुद्नेहरु, तिनलाई देशको के मतलब ?’

मुलुकमा पैसा नभएकै कारण औपचारिक माध्यमबाट आयात कम भइरहेको भन्दै उनले अनौपचारिक माध्यमबाट सामान आयात हुँदा भन्सार राजस्व कम उठेको बताए ।

‘भन्सार, कर, राजस्व वृद्धि हुनुपर्ने ठाउँमा कम भइराखेको छ । राजस्व कम यो लामो समयपछि भइरहेको छ । तीव्र गतिका साथ अर्थतन्त्र माइनसमा गइरहेको छ । त्यसकारण अर्थतन्त्र संकटमा छ । देश संकटमा छ’, उनले भने ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १६:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।