May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

झापाको काँकडभिट्टामा स्रोत नखुलेको भारतीय रकमसहित एक पक्राउ

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० ११:४६
झापाको काँकडभिट्टामा स्रोत नखुलेको भारतीय रकमसहित एक पक्राउ

झापाको काँकडभिट्टामा स्रोत नखुलेको भारतीय रकम सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत ठानाचौक केबुल टोल बस्ने ६२ वर्षीय जैनुल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार मेचीनगर– ६ स्थित भन्सार गेटबाट पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीमाथि शङ्का लागेर प्रहरीले चेकजाँच गर्दा भारतीय रकम ५ सय दरको नोट ५ सय थान, २ सय दरको नोट २ सय थान र १ सय दरको नोट ३ सय थान गरी जम्मा ३ लाख २० हजार रुपैयाँ फेला परेको थियो । पक्राउ परेका उनलाई रकमसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाइसकेको प्रहरीले जनाएको छ ।

भद्रपुरमा पक्राउ परेका दुई जना त्यत्तिकै छुटे

यता मेची पुलमा खटिएका सुरक्षाकर्मीले मंगलबार बेलुका ७ बजेको नेपालमा प्रतिबन्धित पाँच सय दरका भारतीय रकमसहित दुई जनालाई पक्राउ परेका थिए । पक्राउ परेका दुई जनालाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याएको थियो । उनीहरूको साथबाट स्रोत नखुलेको एक लाख रुपैयाँ भारतीय रकम फेला परेको थियो । तर, प्रहरीले उनीहरूलाई कुनै कारबाही नगरी त्यतिकै बरामद गरिएको रकमसहित छाडिदिएको घटना बाहिर आएको छ । प्रहरीले किन र के स्वार्थमा उनीहरूलाई छाडेको बारेमा अहिले जनमासमा व्यापक आलोचना भइरहेको छ ।

  • साझा परिवेश
  • -