WordPress database error: [Disk full (/tmp/#sql-temptable-765fa-71a48d-6970b.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_postmeta`
काठमाडौं ।।
भाटभटेनी सुपर मार्केटले जाजरकोट र पश्चिम रुकुममा ८० लाख बराबरको चामल प्रदान गरेको छ । भाटभटेनीका तर्फबाट चार लाख २० हजार केजी चामल आज रुकुम पश्चिम लगेर सरकारी निकायलाई हस्तान्तरण गरिएको चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले जानकारी दिए । उनका अनुसार रुकुम पश्चिमका लागि लगिएको चामल हस्तान्तरण गरिसकिएको छ भने जाजरकोटका लागि पठाइएको चामल शनिबारसम्म त्यहाँ पुग्नेछ । रुकुम पश्चिममा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले सानीभेरी गाउँपालिका, आठबिसकोट नगरपालिका, चौरहजारी गाउँपालिकाका प्रभावित नागरिकका लागि चामल वितरण गरिने जानकारी दिए ।