काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल संवतलाई राष्ट्रिय संवतकाे रूपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
आज मङ्गलवार काठमाण्डाैमा नेपाल संवत ११४४ को कार्यक्रममा मेयर शाहले काठमाण्डाै महानगरले पहिल्यैदेखि नेपाल संवतकाे प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो । आउँदाे वर्षसम्म नेपाल संवत राष्ट्रिय रूपमा नै प्रयोग हुने उहाँकाे विश्वास छ ।
उहाँले भन्नुभयो, ‘नेपाल संवतलाई राष्ट्रिय संवतकाे रूपमा प्रयोग गर्नुहुन आग्रह छ । काठमाण्डाै महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरूमा समावेश गर्दै आएको छ । प्रधानमन्त्रीज्यू पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रूपमा मनाउन आग्रह छ ।’