sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० ११:११
बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन

काठमाडौं । बंगलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले देशको १२ औं संसदीय निर्वाचन जनवरी ७ मा हुने बताएका छन् ।

राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्दै अवलले चुनावको मिति घोषणा गरेका हुन् । कार्यतालिकाअनुसार उम्मेदवारहरुले नोभेम्बर अन्तिमसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।

उम्मेदवारी फिर्ता लिने अन्तिम मिति डिसेम्बरमा तोकिएको छ । उम्मेदवारहरुले नाभेम्बर अन्तिमदेखि चुनावी प्रचार सुरु गर्न सक्नेछन् । निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै अवालले सबै राजनीतिक दललाई निर्वाचनमा जुट्न आग्रह गरेका छन् ।

निर्वाचन आयोगले चुनावको मिति तोक्दै गर्दा प्रतिपक्षी दलहरूले भने प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरेका छन् । मुलुकका विभिन्न ठाउँमा प्रदर्शन गर्दै उनीहरूले कामचलाउ सरकार गठन हुनुपर्ने माग राखेका छन् । मुख्य प्रतिपक्षी दल बंग्लादेश राष्ट्रिय दल (बीएनपी) ले हसिनाले राजीनामा नदिए चुनावमा सहभागी नहुनेसमेत चेतावनी दिएको छ । बीएनपीका शीर्ष नेता कि त जेलमा छन् कि त निर्वासनमा ।

बंगलादेश अवामी लिगकी अध्यक्षसमेत रहेकी हसिना १५ वर्षदेखि बंगलादेशको सरकारको नेतृत्व गरिरहेकी छिन् । उनलाई प्रतिपक्षी दलमाथि धरपकड गरेको तानाशाही सरकार चलाएको समेत आरोप लाग्दै आएको छ । हसिनाको मुख्य प्रतिद्वन्द्वीका रूपमा रहेकी र दुई पटक प्रधानमन्त्री बेगम खालिदा जियालाई नजरबन्दमा राखिएको छ । बीएनपीले २०१४ को चुनाव बहिष्कार गरे पनि २०१८ मा भने सहभागी भएको थियो ।

इस्लामिक आन्दोलन बंग्लादेश (आईएबी) ले पनि चुनाव बहिष्कार गर्न सक्ने चेतावनी दिँदै आएको छ । समाचार संस्था एएफपीका अनुसार आईएबीका हजारौँ समर्थकले बुधबार निर्वाचन आयोग कार्यालयअगाडि प्रदर्शन गरेका थिए ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० ११:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid