April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० ११:११
बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन

काठमाडौं । बंगलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले देशको १२ औं संसदीय निर्वाचन जनवरी ७ मा हुने बताएका छन् ।

राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्दै अवलले चुनावको मिति घोषणा गरेका हुन् । कार्यतालिकाअनुसार उम्मेदवारहरुले नोभेम्बर अन्तिमसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।

उम्मेदवारी फिर्ता लिने अन्तिम मिति डिसेम्बरमा तोकिएको छ । उम्मेदवारहरुले नाभेम्बर अन्तिमदेखि चुनावी प्रचार सुरु गर्न सक्नेछन् । निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै अवालले सबै राजनीतिक दललाई निर्वाचनमा जुट्न आग्रह गरेका छन् ।

निर्वाचन आयोगले चुनावको मिति तोक्दै गर्दा प्रतिपक्षी दलहरूले भने प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरेका छन् । मुलुकका विभिन्न ठाउँमा प्रदर्शन गर्दै उनीहरूले कामचलाउ सरकार गठन हुनुपर्ने माग राखेका छन् । मुख्य प्रतिपक्षी दल बंग्लादेश राष्ट्रिय दल (बीएनपी) ले हसिनाले राजीनामा नदिए चुनावमा सहभागी नहुनेसमेत चेतावनी दिएको छ । बीएनपीका शीर्ष नेता कि त जेलमा छन् कि त निर्वासनमा ।

बंगलादेश अवामी लिगकी अध्यक्षसमेत रहेकी हसिना १५ वर्षदेखि बंगलादेशको सरकारको नेतृत्व गरिरहेकी छिन् । उनलाई प्रतिपक्षी दलमाथि धरपकड गरेको तानाशाही सरकार चलाएको समेत आरोप लाग्दै आएको छ । हसिनाको मुख्य प्रतिद्वन्द्वीका रूपमा रहेकी र दुई पटक प्रधानमन्त्री बेगम खालिदा जियालाई नजरबन्दमा राखिएको छ । बीएनपीले २०१४ को चुनाव बहिष्कार गरे पनि २०१८ मा भने सहभागी भएको थियो ।

इस्लामिक आन्दोलन बंग्लादेश (आईएबी) ले पनि चुनाव बहिष्कार गर्न सक्ने चेतावनी दिँदै आएको छ । समाचार संस्था एएफपीका अनुसार आईएबीका हजारौँ समर्थकले बुधबार निर्वाचन आयोग कार्यालयअगाडि प्रदर्शन गरेका थिए ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० ११:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।