May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

लाखौँ पर्यटक नेपाल भित्रिए

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १४:१८
लाखौँ पर्यटक नेपाल भित्रिए
  • १० महिनामा झन्डै दुई गुणा बढी पर्यटक नेपाल भित्रिए
  • अक्टोबरमा मात्र नेपालमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल घुम्न आए
  • सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांकले देखायो 

काठमाडौं ।।

अघिल्लो वर्षको तुलनामा सन् २०२३ को पहिलो १० महिनामा झन्डै दुई गुणा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्मको अवधिमा आठ लाख ९ हजार ६७८ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्ष सन् २०२२ को पहिलो १० महिनामा चार लाख ७३ हजार ५६३ पर्यटक भित्रिएका थिए । अघिल्लो वर्षको तुलनामा यसवर्षको पहिलो १० महिनामा तीन लाख ३६ हजार ११५ जना बढी पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।सन् २०१९ पछि सबैभन्दा बढी पर्यटक यस वर्ष नेपाल भित्रिएका छन् ।  बोर्डका अनुसार सन् २०२३ को अक्टोबरमा मात्र नेपालमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल घुम्न आएका छन् ।

सन् २०२३ को जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मेमा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६, अगष्टमा ६७ हजार १५३ र सेप्टेम्बरमा ९१ हजार १२ जना पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ को अन्तमा चीनबाट कोरोना भाइरस विश्वभर फैलिएपछि नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा ठूलो गिरावट आएको थियो ।  नेपालमा सबैभन्दा बढी पर्यटक सन् २०१९ मा नै भित्रिएका थिए । उक्त वर्ष ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल आएका थिए । कोरोना महामारी नियन्त्रण गर्न विश्वका अधिकांश देशले लकडाउनको सहारा लिएपछि नेपाल आउने पर्यटकको संख्या घटेको थियो । कोरोना माहामारी सुरु भएपछि यस वर्ष सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांकले देखाउँछ ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १४:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट