April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने

यू- १९ विश्वकपमा आईसीसीको ‘प्लेयर्स टू वाच’ सूचीमा नेपालका चार खेलाडी

  • साझा परिवेश
  • आइतवार, पुस २९, २०८० १४:0१
यू- १९ विश्वकपमा आईसीसीको ‘प्लेयर्स टू वाच’ सूचीमा नेपालका चार खेलाडी

काठमाडौँ, २९ पुस । आईसीसीले यू- १९ विश्वकपमा नेपालका चार खेलाडीलाई ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको छ ।

आईसीसीले नेपालका कप्तान देव खनाल, गुलशन झा, अर्जुन कुमाल र दुर्गेश गुप्तालाई यस विश्वकपमा ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको छ । कप्तान देव र गुलशनले यसअघि नेपाली सिनियर टिममा समेत खेलिसकेका छन् भने अर्जुन र दुर्गेशले यू-१९ तहमा शानदार प्रदर्शन गर्दै आएका छन् ।

विश्वकप अघि नेपालले शनिबार खेलेको वार्म अप खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो । बर्षाले प्रभावित खेलमा स्कटल्याण्डलाई नेपालले डिएल मेथड अनुसार ७ विकेटले पराजित गरेको थियो । नेपालले त्यसअघि खेलेका दुई अनौपचारिक वार्म अप खेलमा स्कटल्याण्ड र नामिबियालाई पराजित गरेको थियो । नेपालले अब दोस्रो वार्म अप खेल मंगलबार वेस्टइन्डिजसँग खेल्दै छ ।

जनवरी १९ देखि शुरु हुने यस विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने छ ।

विश्वकप खेल्ने नेपाली टिम :

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।

  • साझा परिवेश
  • आइतवार, पुस २९, २०८० १४:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।