May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

युराे छनाेटमा पाेर्चुगल र स्पेन विजयी

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० 0९:१३
युराे छनाेटमा पाेर्चुगल र स्पेन विजयी

काठमाण्डाै – युरोपियन च्याम्पियनशिप २०२४ को छनोटमा पाेर्चुगल र स्पेन विजयी भएका छन् ।

गए राति भएकाे खेलमा पाेर्चुगलले घरेलु टाेली लिचेस्टाइनलाई २–० गोलले हरायाे । पाेर्चुगलका लागि क्रिस्टियानाे राेनाल्डाेले खेलकाे ४६ र जाओ कान्सेओले ५७ मिनेटमा गाेल गरे । याे गाेलसँगै राेनाल्डाेकाे अन्तर्राष्ट्रिय गाेल सङ्ख्या १ सय २८ पुगेकाे छ ।

पाेर्चुगल यसअघि नै युराेपियन च्याम्पियनशिपमा छनाेट भइसकेकाे छ । पाेर्चुगल ९ खेलमा सबै खेल जित्दै २७ अङ्कसहित समूह ‘एच’ काे शीर्षस्थानमा छ । लिचेस्टाइन उति नै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।

यस्तै गए राति नै भएकाे खेलमा स्पेनले साइप्रसलाई ३–१ गोलले हरायो । स्पेनका लागि लामिन यमनले खेलकाे ५, मिकेल ओयारजबलले २२ र जाेसेलुले २३ मिनेटमा गाेल गरे । साइप्रसका लागि काेसतास पिलेसले ७५ मिनेटमा सान्त्वना गाेल गरे ।

स्पेन पनि यसअघि नै युराेपियन च्याम्पियनशिपमा छनोट भइसकेको छ । स्पेन ७ खेलमा १८ अङ्कसहित समूह ‘ए’ शीर्ष स्थानमा छ । साइप्रस उति नै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० 0९:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।