May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन गरेपछि अश्रु ग्यास प्रहार

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १४:३८
कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन गरेपछि अश्रु ग्यास प्रहार
  • मलंगवामा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन
  • प्रदर्शनकारीलाई तितरभितर पार्न प्रहरीले एक दर्जन भन्दा धेरै सेल अश्रु ग्यास प्रहार
  • अनिश्चितकालीन कर्फ्यु आदेश जारी

काठमाडौँ ।। 

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन भएको छ।  शुक्रबार दिउँसो मलंगवाका विभिन्न क्षेत्रमा कर्फ्यु उल्लंघन गर्दै स्थानीयले प्रदर्शन गरेका हुन्।  प्रदर्शनकारीलाई तितरभितर पार्न प्रहरीले एक दर्जन भन्दा धेरै सेल अश्रु ग्यास प्रहार गरेको छ। जिल्ला समन्वय समितिको चोक अगाडि भेला भएर स्थानीयले कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन गरेका हुन्। बिहीबार राति गणेशको मूर्ति विसर्जन गर्ने क्रममा मलंगवा ३ मा दुई समूहबीच झडप भएपछि मलंगवा फेरि अशान्त बनेको छ। अवस्था थप विग्रन नदिन स्थानीय प्रशासनले गएराति देखि नै मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

गएरातिको झडपमा परेर ८ जना भन्दा धेरै घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।कर्फ्यु उल्लंघन गर्दै केही ठाउँमा सामान्य प्रदर्शन भए पनि अहिलेसम्म मलंगवामा कुनै अप्रिय घटना नभएको दाबी प्रहरीले गरेको छ। ‘जिल्ला विकास समिति चोकसहित केही ठाउँमा स्थानीय भेला हुँदा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको मात्रै हो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले भने, ‘अश्रुग्यास प्रहार भएपछि भिड तितरभितर भएको छ। त्यो बाहेक थप अप्रिय घटना भएको छैन।’

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट