November 25, 2024 | सोमवार, मंसिर १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

रुखबाट लडेर महिलाको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १६:३६
रुखबाट लडेर महिलाको मृत्यु
  • रुखबाट लडेर महिलाको मृत्यु
  • घाँस काट्ने क्रममा खसेर घाइते 
  • उपचारकै क्रममा शुक्रबार दिउँसो ज्यान गयो 

विराटनगर

मोरङको पथरीशनिश्चरेमा पिठारीको रुखबाट लडेर महिलाको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका–५ शान्ति टोलकी अन्दाजी ३६ वर्षीया कल्पना श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार पिठारीको रुखमा चढेर घाँस काट्ने क्रममा त्यहाँबाट खसेर उनी घाइते भएकी थिइन् ।

रुखबाट खसेर बिहीबार बिहान ८:३० बजेतिर घाइते भएकी कल्पनालाई उपचारका लागि विराटनगरको आर्या न्यूरो अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा शुक्रबार दिउँसो १ : १० बजेतिर मृत्यु भएको प्रहरीले दाहालले बताए । घटना बिहानको भएपनि प्रहरीले भने बेलुका मात्रै जानकारी पाएको थियो । घटनाको अनुसन्धान सुरु गरिएको दाहालले बताए ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १६:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्