काठमाडौं ।।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात मागेको छ । ज्ञावालीको जन्ममितिका सम्बन्धमा केही उजुरी परेपछि समितिले वास्तविकता बुझ्न भन्दै गृह मन्त्रालयसँग त्यससम्बन्धी कागजात माग गरेको हो । समितिले गृह मन्त्रालयसँग एआईजी ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात माग गरेको समितिका सचिव सुरजकुमार दुराले बताए । उजुरीकर्ताले ज्ञवालीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको दाबी गर्दै उजुरी दिएका छन् ।