May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै

विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले हरायो

  • साझा परिवेश
  • शनिबार, कार्तिक २५, २०८० 0७:५0
विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले हरायो

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले हराएको छ ।

२ सय ४५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४७ ओभर ३ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका रस्सी भान डेर डुसेन ७६ रनमा र एन्डिले फेहलुकवायो ३९ रनमा अविजित रहे । क्विन्टन डी ककले ४१, एडेन माक्ररमले २५, डेभिड मिलरले २४ तथा कप्तान टेम्बा बाभुमाले २३ रन जोडे ।

अफगानिस्तानका रसिद खान र मोहम्मद नाबीले समान २ र मुजिब उर रहमानले एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ४४ रन बनाएको थियो । अफगानिस्तान सेमिफाइनलमा पुग्न सकेन । यसअघि नै विश्व कपको सेमिफाइनलमा पुगिसकेको दक्षिण अफ्रिकाले समूह चरणका ९ खेलमा १४ अङ्क जोडेको छ ।

विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेल पुणेमा नेपाली समय अनुसार बिहान पौने ११ बजे अष्ट्रेलिया र बङ्गलादेश तथा दिउँसो सवा दुई बजे इडेन गार्डेनमा इङ्ग्ल्यान्ड र पाकिस्तान खेल्नेछन् ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक २५, २०८० 0७:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।