May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

२७५ मिटरको खोलामा २०५ मिटरको पुल

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० 0८:२८
२७५ मिटरको खोलामा २०५ मिटरको पुल

झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । सुरुको डिजाइन अनुसारको पुल तयार भए पनि पुल निर्माणकै क्रममा खोलाको क्षेत्र विस्तार भएपछि अहिले पुलको लम्बाइ छोटो भएको हो ।

पुल निर्माण सम्पन्न भए पनि छोटो

भएपछि बाँसको पुल बनाएर स्थानीय वारिपारि गर्न बाध्य छन् । बाँसको भाटाको पुलबाट खोला तर्दा पैदल एक जनाको १०, साइकल र मोटरसाइकलको ३० रुपियाँ दस्तुर तिर्नु पर्छ । सिटी रिक्सा तथा टेम्पोले दुई सय रुपियाँसम्म तिर्नु पर्छ । बाँसको पुल प्रयोग गर्नेबाट रकम उठाउन गाउँपालिकाले नै दुई लाख रुपियाँमा ठेक्का लगाएको छ । बाँसको पुल भएर दैनिक पाँच सय जनाभन्दा बढीको ओहोरदोहोर हुने गरेको स्थानीय बताउँछन् ।

तत्कालीन मोरङ–सुनसरी पुल आयोजनाले २०६४ सालमा पुल निर्माणको ठेक्का लगाएको थियो । त्यसबेला कालिका/ओसिए जेभीले १० करोड ३२ लाख ९१ हजार रुपियाँमा ठेक्का सकारेर निर्माणको काम सुरु गरेको थियो ।

धेरै दबाब दिएपछि पुल बने पनि सञ्चालनमा आउने अवस्थाको नबनेपछि समस्या बेहोर्नुपरेको झापा उद्योग वाणिज्य सङ्घ, गौरीगन्जका अध्यक्ष गैदार महतोले बताउनुभयो । “पुल छोटो बन्यो तर खोला फराकिलो भयो । चार सय मिटर लम्बाइको खोलामा दुई सय पाँच मिटरको पुल बनेको छ  । खोलाको बिचमा पुल देख्दा बाहिरबाट आउनेहरू त छक्क पर्ने गरेका छन्,” उहाँ ले भन्नुभयो ।

डिजाइन गर्दाको समयमा ठिकै थियो होला, पछि खोलाले धार परिवर्तन गर्दा खोलाको फैलावट बढ्यो तर पुल बढाउने विषयमा चासो नहुँदा यो अवस्था आएको हुन सक्ने उहाँले बताउनुभयो । यो पुलले हुलाकी राजमार्ग हुँदै गौरीगन्ज गाउँपालिका–६, चिल्लारा र मोरङको दक्षिण–पूर्वी रतुवामाई नगरपालिका–३, आमबारीलाई जोड्दछ । गौरीगन्ज गाउँपालिकाका–२ का वडाध्यक्ष श्रवण गिरीले ठुलो सपना र प्रतीक्षाका रूपमा रहेको हुलाकी राजमार्ग निर्माण भए पनि पुल नबन्दा खुसियाली मनाउने अवस्था नभएको गुनासो गर्नुभयो ।

अहिले पुरानो पुलको दायाँबायाँ पुल लम्ब्याउने काम भइरहेकाले अब केही समय पुल सुचारु हुनेमा आशावादी रहे पनि भरपर्ने अवस्था नरहेको गिरीले बताउनुभयो । “बजेट अभाव हुने, निर्माण व्यवसायीले समयमा काम नसक्ने र यसमा राज्यको चासो नजाने हो कि ? भन्ने चिन्ता सधैँ रहिरहेको छ,” उहाँले भन्नुभयो ।

हुलाकी सडक आयोजना इटहरीका इन्जिनियर प्रमोद खतिवडाका अनुसार पुरानो डिजाइन अनुसार पुल निर्माण सम्पन्न भएको हो । २०५ मिटर लम्बाइको पुल २०७५ सालमा नै पूरा भएर हस्तान्तरण भएको उहाँले जानकारी दिनुभयो । “अहिले २७५ मिटर पुल आवश्यक देखिएको छ तर २०५ मिटर मात्र बनेकाले यसलाई सञ्चालन हुने अवस्थाको बनाउने गरी थप २२ करोड रुपियाँमा पुल निर्माणको ठेक्का लागेको छ,” उहाँले भन्नुभयो ।

थप पुल २०८२ असार १७ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने निर्माण व्यवसायीसँग सम्झौता भएको छ । इन्जिनियर खतिवडाका अनुसार नयाँ काम तीव्र रूपमा भइरहेको छ र सम्झौताको पाँच महिनामा ३० प्रतिशत काम पूरा भएको छ । अर्को दसैँमा सम्भवतः पुल पूर्ण रूपमा सञ्चालनमा आउने उहाँले बताउनुभयो । झापाको भद्रपुरदेखि मोरङको विराटनगर जोड्ने हुलाकी राजमार्ग कालोपत्रेको काम अन्तिम चरणमा पुगिसकेको छ । यो पुल निर्माण भइसक्दा गौरीगन्ज तथा आसपासका बासिन्दालाई विराटनगर पुग्न सहज हुने छ । गोरखापत्र अनलाइनबाट

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० 0८:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट