July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

कुवेतमा श्रम स्वीकृतिबमोजिमको काममा कडाइ

  • साझा परिवेश
  • आइतवार, बैशाख ९, २०८१ ११:0२
कुवेतमा श्रम स्वीकृतिबमोजिमको काममा कडाइ

कुवेतले आगामी जुन १ देखि लागू हुनेगरी श्रम स्वीकृति परिवर्तनका लागि शुल्क लागू गर्ने भएको छ । उच्च श्रम ज्याला र देशमा श्रम अभावलाई सम्बोधन गर्न कुवेतका उपप्रधानमन्त्री, रक्षामन्त्री तथा आन्तरिक मामिलामन्त्री शेख फहाद युसेफ अल–सबाहको अध्यक्षतामा सार्वजनिक प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो ।

पब्लिक अथोरिटी फर म्यानपावर ९पीएएम०ले श्रम स्वीकृति प्रदान गर्ने संयन्त्रलाई परिमार्जन गर्न स्वीकृत गरेको छ । विदेशबाट श्रम स्वीकृति लिएर ल्याइएका आप्रवासीलाई स्थानान्तरण गर्ने र उनीहरूमाथि थप शुल्क लगाउने कुरा अल–सेयसाह दैनिकलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

पीएएम सञ्चालक समितिले यसअघि श्रम स्वीकृति दिने संयन्त्रलाई परिमार्जन गर्ने निर्णय गरेको थियो । रोजगारदाताले अब वैदेशिक रोजगारीका लागि २५ प्रतिशत र स्थानीय भर्नाका लागि ७५ प्रतिशतको कोटाको सट्टा आफ्नो इजाजतपत्रका लागि अनुमानित रूपमा विदेशबाट आप्रवासी कामदार ल्याउन सक्नेछन् ।

श्रमिक अभावका कारण उच्च पारिश्रमिक घटाउनुका साथै व्यावसायिक वातावरण विकास गर्ने लक्ष्य राखिएको छ । यो निर्णय जुन १ देखि लागू हुनेछ । यसले श्रमिक ज्यालामा वृद्धि भएको छ भने नागरिकहरूमा उच्च बोझ थोपरेको छ । नयाँ निर्णयले पहिलोपटक श्रम स्वीकृति जारी गर्न १ सय ५० कुवेती दिनरको अतिरिक्त शुल्क लगाउँछ । यो रोजगारदाताहरूका लागि ठूलो रोजगारी स्थिरता हासिल गर्ने उद्देश्य हो ।

तीन वर्षभन्दा बढी समयदेखि देशमा नभएका आप्रवासी कामदारलाई एक कम्पनीबाट अर्को कम्पनीमा स्थानान्तरण गर्दा ३ सय केडी शुल्क लाग्ने व्यवस्था छ । दुवै अवस्थामा, स्थानान्तरणका लागि रोजगारदाताको स्वीकृति आवश्यक छ । यो निर्णयले भिसा–व्यापारलाई सीमित गर्ने र रोजगारदातालाई उनीहरूको व्यावसायिक गतिविधि सञ्चालन गर्न र व्यावसायिक वातावरण विकास गर्न सजिलो बनाउने लक्ष्य राखेको छ । श्रमको लागत र पारिश्रमिक घटाउने लक्ष्य पनि राखिएको छ, जसले देशमा निर्माण र ठेक्का क्षेत्र र अन्य गतिविधिमा कम लागतमा योगदान पु¥याउँछ । आजको राजधानी दैनिकमा खबर छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ९, २०८१ ११:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्