May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

फिल्म ‘कार्साङ’मा शिल्पा मास्के अनुबन्धित

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १३:0६
फिल्म ‘कार्साङ’मा शिल्पा मास्के अनुबन्धित

४ मंसिर, काठमाडौं । फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भैसकेका छन् । यस्तै, फिल्ममा नायिकाको रुपमा सुरक्षा पन्त र नव–कलाकार छिरिङ शेर्पा फाइनल भइसकेका छन् ।

शिल्पा पनि फिल्ममा भित्रिएपछि ३ जना नायिकाहरुले फिल्ममा काम गर्ने पक्का भएको छ । यस फिल्ममा शिल्पा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरूको लाइनअप पुरा भएको निर्देशक शेर्पाले जानकारी दिए ।

शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । यसअघि शेर्पाले थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् । फिल्म ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ । यो फिल्म यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निमार्णपक्षले बताएको छ ।

फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै बिक्री पनि भइसकेको छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १३:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट