sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रकाशलाल श्रेष्ठको ” भित्र कतै दुखेपछि ” लोकार्पित

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० 0६:४१
प्रकाशलाल श्रेष्ठको ” भित्र कतै दुखेपछि ” लोकार्पित

काठमाडौँ ।
नेपाल मुक्तक प्रतिष्ठान,काठमाडौँद्वारा आयोजित एक कार्यक्रममा साहित्यकार एवम् वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले साहित्यकार प्रकाशलाल श्रेष्ठको मुक्तकसङ्ग्रह ” भित्र कतै दुखेपछि ” को लोकार्पण गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि खरेलले कृतिकार श्रेष्ठको प्रशंसा गर्दै आगामी दिनमा मुक्तकका अन्य सङ्ग्रहहरू पनि प्रकाशन गर्न सल्लाह दिनुभयो । नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष तथा लोकार्पण कार्यक्रमका सभापति रामकाजी कोनेले प्रतिष्ठानले सङ्ग्रह प्रकाशन गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । कृतिकार प्रकाशलाल श्रेष्ठले आफ्ना सहपाठी मित्र रामकाजी कोनेकै मुक्तकसङ्ग्रह पढेर आफू मुक्तक लेखनमा आकर्षित भएको बताउनुभयो ।

प्रतिष्ठानका सदस्य ई. विष्णुबहादुर सिंहले स्वागत मन्तव्य र कार्यक्रममाथि प्रकाश पार्नुभएको सो समारोहमा लोकार्पित कृति र कृतिकारका बारेमा प्रा. डा. लक्ष्मणप्रसादगौतम, ज्ञानुवाकर पौडेल, रुद्र ज्ञवाली, वसन्तलाल श्रेष्ठ, यादव भट्टराई लगायतले चर्चा गर्नुभएको थियो ।

रूपन्देहीको भैरहवामा बसोबास गर्नुहुने लेखकका यसअघि गीतिएल्बम र कवितासङ्ग्रह प्रकाशित छन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित सो कार्यक्रमको दोस्रो चरणमा नेपाल मुक्तक प्रतिष्ठानद्वारा नियमितरूपमा आयोजना गर्दै आइएको मुक्तक मेलाको २७औँ शृङ्खला पनि सम्पन्न भयो । सो मुक्तक मेलामा २५ जना मुक्तककारहरूले आफ्ना मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि यादव खरेलद्वारा आफ्नो मुक्तक वाचन गरेर मुक्तक मेलाको २७औँ शृङ्खला आरम्भ गरिएको थियो ।

सो मेलामा रामकाजी कोने, ज्ञानुवाकर पौडेल, दिव्य गिरी, रुद्र ज्ञवाली, किशोर पहाडी, यादव भट्टराई, प्रकाशलाल श्रेष्ठ, जसध्वज गुरुङ, विष्णुबहादुर सिंह, अनुराधा ढकाल, पार्वती भट्ट, निर्मलरमण पराजुली, विजयध्वज थापा, मदनराज थापा, शान्तिनारायण श्रेष्ठ, उषा के सी, सुनील अधिकारी, ममता मृदुल, मीना चौलागाईं, दुर्गा किरण तिवारी, प्रकाश घायल, शान्ति शर्मा, उदास कार्की, श्यामकृष्ण मास्केले तीन तीन वटा मुक्तक वाचन गर्नुभएको थियो ।

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० 0६:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid