May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस

प्रकाशलाल श्रेष्ठको ” भित्र कतै दुखेपछि ” लोकार्पित

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० 0६:४१
प्रकाशलाल श्रेष्ठको ” भित्र कतै दुखेपछि ” लोकार्पित

काठमाडौँ ।
नेपाल मुक्तक प्रतिष्ठान,काठमाडौँद्वारा आयोजित एक कार्यक्रममा साहित्यकार एवम् वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले साहित्यकार प्रकाशलाल श्रेष्ठको मुक्तकसङ्ग्रह ” भित्र कतै दुखेपछि ” को लोकार्पण गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि खरेलले कृतिकार श्रेष्ठको प्रशंसा गर्दै आगामी दिनमा मुक्तकका अन्य सङ्ग्रहहरू पनि प्रकाशन गर्न सल्लाह दिनुभयो । नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष तथा लोकार्पण कार्यक्रमका सभापति रामकाजी कोनेले प्रतिष्ठानले सङ्ग्रह प्रकाशन गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । कृतिकार प्रकाशलाल श्रेष्ठले आफ्ना सहपाठी मित्र रामकाजी कोनेकै मुक्तकसङ्ग्रह पढेर आफू मुक्तक लेखनमा आकर्षित भएको बताउनुभयो ।

प्रतिष्ठानका सदस्य ई. विष्णुबहादुर सिंहले स्वागत मन्तव्य र कार्यक्रममाथि प्रकाश पार्नुभएको सो समारोहमा लोकार्पित कृति र कृतिकारका बारेमा प्रा. डा. लक्ष्मणप्रसादगौतम, ज्ञानुवाकर पौडेल, रुद्र ज्ञवाली, वसन्तलाल श्रेष्ठ, यादव भट्टराई लगायतले चर्चा गर्नुभएको थियो ।

रूपन्देहीको भैरहवामा बसोबास गर्नुहुने लेखकका यसअघि गीतिएल्बम र कवितासङ्ग्रह प्रकाशित छन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित सो कार्यक्रमको दोस्रो चरणमा नेपाल मुक्तक प्रतिष्ठानद्वारा नियमितरूपमा आयोजना गर्दै आइएको मुक्तक मेलाको २७औँ शृङ्खला पनि सम्पन्न भयो । सो मुक्तक मेलामा २५ जना मुक्तककारहरूले आफ्ना मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि यादव खरेलद्वारा आफ्नो मुक्तक वाचन गरेर मुक्तक मेलाको २७औँ शृङ्खला आरम्भ गरिएको थियो ।

सो मेलामा रामकाजी कोने, ज्ञानुवाकर पौडेल, दिव्य गिरी, रुद्र ज्ञवाली, किशोर पहाडी, यादव भट्टराई, प्रकाशलाल श्रेष्ठ, जसध्वज गुरुङ, विष्णुबहादुर सिंह, अनुराधा ढकाल, पार्वती भट्ट, निर्मलरमण पराजुली, विजयध्वज थापा, मदनराज थापा, शान्तिनारायण श्रेष्ठ, उषा के सी, सुनील अधिकारी, ममता मृदुल, मीना चौलागाईं, दुर्गा किरण तिवारी, प्रकाश घायल, शान्ति शर्मा, उदास कार्की, श्यामकृष्ण मास्केले तीन तीन वटा मुक्तक वाचन गर्नुभएको थियो ।

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० 0६:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।