sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुन तस्करीका कारण प्रहरीको विशेष निगरानी

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १२:५१
सुन तस्करीका कारण प्रहरीको विशेष निगरानी
  • सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी
  • गरगहना लगाउनेप्रति विशेष निगरानी
  • केरूङबाट सुनको औठी ल्याई अवैध कारोबारमा संलग्नले झन् कडाई 

रसुवा।।

रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरुवा औठी लगाई सुन आयात गर्न लागेको अवस्थामा गत आइतबार उत्तरी रसुवाका तीन जना पक्राउ परेका थिए । यसपछि प्रहरीले गरगहना लगाउनेप्रति विशेष निगरानी थालेकोे हो ।

रसुवागढी नाकाबाट स्थायी पास पाएका रसुवावासीले मात्र केरुङ आवत जावत गर्न पाउँछन् । केरुङमा सुन पसलको कारोबार गरिरहेका व्यापारीमार्फत गहनाका रूपमा अवैध कारोबार भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । केरुङ आवत जावतका लागि पास पाएका स्थानीयले अवैधरूपमा कुनै पनि सामग्री ल्याउन पाउँदैनन् । राहदानीमार्फत आएका महिलाले ५० ग्राम एवं पुरूषले २५ मात्र सुन ल्याउन पाउने प्रावधान रहेको बताइएको छ ।

केरूङबाट सुनको औठी ल्याई अवैध कारोबारमा संलग्न भएको आरोपमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका–१ हाकु निवासी सिनेवाङ्दी तामाङ, आमाछोदिङ्मा –४ गोल्जुङकी लक्ष्मी तामाङ एवं आमाछोदिङ्मा –५ चिलिमेकी ल्हाक्पावुटी तमाङ पक्राउ परेका हुन् । उनीहरूको साथबाट रु १४ लाख ९१ हजार छ सय २८ बरावरको १२ तोला ९१ लालबाट तयार भएका पाँच बेरुवा सुनका औठी जफत गरिएको थियो । उनीहरुलाई रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए । सशस्त्र प्रहरीबललाई चौकी स्थापना गर्ने जग्गा उपलब्ध गराउन वन तथा वातावरण मन्त्रालयले स्वीकृत नदिँदा नाकथलीमा चौकी स्थापना हुन सकेको छैन ।

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १२:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid