sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बलिङ नचल्दा पाकिस्तानसँग नेपाल पराजित

  • साझा परिवेश
  • सोमवार, साउन ७, २०८१ ११:४१
बलिङ नचल्दा पाकिस्तानसँग नेपाल पराजित

काठमाडौँ। बलिङ डिपार्ट नचल्दा नेपालले एसिसी महिला एसिया कपमा पाकिस्तानसँग पराजित भएको छ । आइतबार राति सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको हो।

नेपालले दिएको १०९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ११.५ ओभरमा एक विकेट गुमाएर ११० रन बनायो। समूह ए मा रहेको पाकिस्तानको यो पहिलो जित हो। यसअघि पाकिस्तान पहिलो खेलमा साबिक विजेता भारतसँग नौ विकेटले पराजित भएको थियो। नेपालले भने युएईलाई ६ विकेटले पराजित गरेको थियो।

यो जितसँगै दुई अङ्क जोडेको पाकिस्तानले नेपाललाई नेटरननेटमा उछिनेर दोस्रो स्थानमा पुगेको छ। समान अङ्क जोडेपनि नेपाल तेस्रो स्थानमा झरेको छ। नेपालले मङ्गलवार साबिक विजेता भारतसँग समूहचरणको अन्तिम खेल खेल्ने छ। सोही दिन पाकिस्तानले युएईसँग खेल्नेछ। यी दुई खेलको नतिजाले भारतसँगै को सेमिफाइनल पुग्छ भन्ने टुङ्गो लाग्ने छ।

पाकिस्तानका लागि गुल फिरोजाले सर्वाधिक ५७ रन बनाइन्। ३५ बल खेलेकी उनले १० चौका प्रहार गरिन्। मुनिबा अली ४६ रनमा अविजित रहिन्। ३४ बल खेलेकी उनले आठ चौका प्रहार गरिन्।

नेपालकी कविता जोशीले एक विकेट हात पारिन्। त्यसअघि रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो।

नेपालकी कविता जोशीले अविजित रहँदै सर्वाधिक ३१ रन बनाइन्। २३ बल खेलेकी उनले चार चौका र एक छक्का प्रहार गरिन्। उनले छैटौँ विकेटका लागि पूजा महतोसँग ३२ बलमा ३४ रनको साझेदारी गरेकी थिइन्।

सीता रानामगर २६, पूजा महतो २५ र कविता कुँवर १३ रनमा आउट भइन्। अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बटुल्न सकेनन्।

  • साझा परिवेश
  • सोमवार, साउन ७, २०८१ ११:४१

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid