April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

मन्त्रिपरिषद्कै निर्णय गायब पार्छन् ‘डन’ सहसचिवहरू

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० 0८:२0
मन्त्रिपरिषद्कै निर्णय गायब पार्छन् ‘डन’ सहसचिवहरू

काठमाडौं । राजनीतिक नेतृत्वले कर्मचारी क्षेत्रमा ‘राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे’ खोजेर सरुवा गर्ने प्रवृत्ति अत्यधिक बढाउन थालेपछि निजामती प्रशासनको कामकाज प्रभावहीन देखिन थालेको छ ।

विभिन्न मन्त्रालयमा राजनीतिक नेतृत्वको रूपमा आएका मन्त्रीहरूले मातहतका विभाग तथा संवेदनशील निकायमा पठाउने प्रशासनिक नेतृत्वको ‘ट्रयाक’ रेकर्डलगायतका उपलब्धिहरू केही पनि नहेर्ने र स्वार्थका आधारमा पठाउने क्रम बढेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अधिकारीहरूको ठम्याइ छ ।

पछिल्लो सयम यस्तै प्रवृत्तिका कारण मन्त्रिपरिषद्बाट सरुवा स्वीकृत भएको ५८ सहसचिवको सूची नै गायब पारिएको छ । सरुवामा मन्त्रीहरूबीच विवादका कारण सो सूची गायब भएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी साह र अर्थमन्त्री डा.प्रकाशरण महतबीच केही सहसचिवलाई फेरबदल गर्ने विषयमा कुरा नमिलेपछि मन्त्रिपरिषद्ले गरेको सहसचिव सरुवाको सूची नै गायब भएको स्रोतको दाबी छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले केही सहसचिवलाई अर्थ मन्त्रालयमा पठाउने निर्णय गरे पनि अर्थमन्त्रीले त्यसलाई अस्वीकार गरेपछि सरुवा सूची गायब भएको हो ।

यसका साथै अन्य केही मन्त्री र सचिव तथा उच्च पदस्थहरूले पनि आफ्नो स्वार्थअनुसारका व्यक्तिहरूको सरुवा नभएको भन्दै सो सरुवामा संशोधनको प्रयास गरिरहेका छन् । मन्त्रीहरू नै केही ‘डन’ सहसचिवहरूको रुचिअनुसार अघि बढ्दा पनि सरुवाहरू बढी विवादित हुने गरेको बताइन्छ ।

राजनीतिक नेतृत्व तथा मन्त्रीसँग निकट रहेर देश र जनताको हितभन्दा पनि आफ्नै स्वार्थसमूहको हितमा रमाउन र आर्थिक उपार्जन गर्नसमेत खप्पिस सहसचिवहरूलाई डन सहसचिवका रूपमा हेर्ने गरिएको छ । यस्ता डन सहसचिवहरू प्रायः सधैँ आकर्षक ठाउँमा नै रहने गरेका छन् । मन्त्रीको रुचिलाई पूरा गर्न उनीहरू सफल हुने भएकाले उनीहरू मन्त्रीका प्रियसमेत हुने गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मन्त्रालयले गत १६ कार्तिकमा नै ५८ सहसचिवको सरुवा सूची मन्त्रिपरिषद्मा पठाएको थियो । सोअनुसार मन्त्रिपरिषद्ले निर्णय गरे पनि केही डन सहसचिवहरू समेत सरुवा रोक्न दौडधुप गरेपछि मन्त्रिपरिषद्को निर्णय नै संकटमा परेको स्रोतको दाबी छ । ‘यस्ता केही डन सहसचिवहरू छन्, जसले मन्त्रिपरिषद्को निर्णयलाई नै गायब पारिदिन सक्छन्’ –प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै एक अधिकारीले भने ।

अनुसार ती डन सहसचिवहरूले आफ्नो सरुवा भनेको ठाउँमा नभएपछि केही मन्त्रीलाई प्रभावमा पारेर सरुवा निर्णय कार्यान्वयन गर्न रोकेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले सरुवाको निर्णय कार्यान्वयन गराउन तदारुकता देखाउनुपर्ने जिम्मेवारीलाई छोडेर उहाँ आफैं सरुवा निर्णय कार्यान्वयन गर्न आलटाल गरिरहेको मन्त्रालयका कर्मचारीको दाबी छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० 0८:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट