May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा

घुसपैठले हामीमाथि प्रहरीले ज्यादती गर्यो : प्रसाईं पक्ष

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १६:१७
घुसपैठले हामीमाथि प्रहरीले ज्यादती गर्यो : प्रसाईं पक्ष
  • बल्खुमा भएको प्रदर्शनमा घुसपैठ भएको दाबी
  • झडपमा प्रसाईं पक्षका २६ जना घाइते 
  • एक जनाको अवस्था गम्भीर

काठमाडौँ ।। 

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले बल्खुमा भएको प्रदर्शनमा घुसपैठ भएको दाबी गरेको छ। बिहीबार दिउँसो दुई पटकसम्म भएको झडपमा घुसपैठ भएको र प्रहरीले दमन गरेको अध्यक्ष मण्डलका सदस्य एवं संगठन तथा कार्यक्रम प्रमुख हरि कार्कीले जानकारी दिए। कार्कीका अनुसार बल्खुको झडपमा आफ्नो समूहका २६ जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको पनि उनले बताए।

घाइतेहरूको अहिले नजिकैको अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। कार्कीका अनुसार प्रहरीको दमनका बारेमा अहिले नै पत्रकार सम्मेलन गरेर जानकारी गराइने भएको छ। ‘हाम्रो प्रदर्शनमा घुसपैठ भएको भएको अनुभूति भयो,’ उनले भने, ‘प्रहरीको दमनले सीमा नाघ्यो। यसबारे हामी पत्रकार सम्मेलन गरेर भण्डाफोर गर्छौं।’

बल्खुमा बिहीबार दुई पटक झडप भएको थियो। सुरुमा प्रसाईं पक्षधर र युवा संघका कार्यकर्ताबीच झडप भएको थियो। त्यसको केहीबेरपछि पुनः प्रहरीसँग प्रसाईं पक्षका समर्थकहरूको घम्साघम्सी भएको थियो। झडपपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।  बल्खु चोकबाट कालिमाटीतर्फ प्रसाईं पक्षका प्रदर्शनकारी लागेपछि प्रहरीले रोक्न खोजेको थियो। तर भीड नियन्त्रणमा नआएपछि प्रहरीले दर्जनौं अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको हो। घटनामा केही प्रहरी पनि घाइते भएका छन्।

 

 

 

 

 

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १६:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।