April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

कोशीमा मन्त्रिपरिषद् चाँडै विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० ११:१८
कोशीमा मन्त्रिपरिषद् चाँडै विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चाँडै सरकार विस्तार हुने बताएका छन् । सरकार विस्तार निरन्तर प्रक्रिया भएको भन्दै जति बेला पनि सरकार विस्तार हुने बताए ।

पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले नियुक्त भएका मन्त्रीहरूले पनि चाँडै जिम्मेवारी पाउने बताए । ‘हामी सरकार विस्तार र जिम्मेवारी दिने विषयमा छलफलमै छौँ’, उनले भने, ‘हामी चाँडै सरकार विस्तारमा लाग्ने छौ ।’

उनले तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले मन्त्रालयको सङ्ख्या घटाएको विषयमा भने केही पनि प्रतिक्रिया दिएनन् । उनले भने, ‘मन्त्रालयको सङ्ख्या बढाउने विषयमा भने हामीले केही पनि सोचेका छैनौं ।’

उनले मन्त्रालयको सङ्ख्या बढ्न नबढ्ने विषयमा भने कुनै प्रतिक्रिया दिएका छैनन् । हिक्मत कार्की नेतृत्वको सरकारले कोशी प्रदेशमा रहेका १३ वटा मन्त्रालयको सङ्ख्या घटाएर ९ बनाएको छ ।

कोशी प्रदेशमा अहिले काङ्ग्रेससहित माओवादी र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएका छन् । काङ्ग्रेसबाट मुख्यमन्त्री सहित २ र माओवादी र एकीकृत समाजवादीबाट एक-एक जना मन्त्री नियुक्त भएका छन् ।

तिहार छठ पछाडि मन्त्रिपरिषद् विस्तार हुने र जिम्मेवारी पनि बाँडफाँड हुने बताउँदै आएका मुख्यमन्त्री कार्कीले आन्तरिक विवादका कारण मन्त्री परिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्री हुन चाहनेको सङ्ख्या धेरै हुँदा उनलाई मन्त्री परिषद् विस्तारमा सकस हुँदै आएको छ ।

केन्द्रीय सत्ता गठबन्धनमा रहेका शीर्ष नेताहरूले माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि काङ्ग्रेसबाट विद्रोह गरेर कार्की एमालेको समर्थनमा मुख्यमन्त्री भएका थिए ।

शीर्ष नेताहरूको दबाबका कारण कोशी प्रदेशको मन्त्री परिषदमा माओवादी र समाजवादीबाट समेत मन्त्री नियुक्त गरेपछि एमाले सरकारबाट बाहिरिएको छ ।

उनले एमालेलाई पनि सरकारमा ल्याउने कसरत गरिरहेका छन् ।

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० ११:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट