May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

सर्वोत्तम सिमेन्टको आईपीओ आउंदै

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १३:१३
सर्वोत्तम सिमेन्टको आईपीओ आउंदै
  • सर्वोत्तम सिमेन्ट लिमिटेडले  
  • आईपीओ – बुक बिल्डिङमार्फत खुला गर्ने
  • मंसिर ६ गतेदेखि बोलपत्र निकाल्ने 

काठमाडौं ।।

सर्वोत्तम सिमेन्ट लिमिटेडले योग्य संस्थागत लगानीकर्ताहरूलाई प्राथमिक सेयर (आईपीओ) बुक बिल्डिङमार्फत खुला गर्ने भएको छ । आउँदो मंसिर ६ गतेदेखि बोलपत्र खुला गर्ने भएको हो । यो बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन भएको पहिलो आईपीओ हो ।कम्पनीले जारी पुँजी चार अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । पहिलो चरणमा कम्पनीले ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्कासन गरेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ ।

सुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ रहेकोमा परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ कायम गरिएको आह्वानपत्रमा उल्लेख छ । कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरूलाई सहभागी गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रही बोलकबोलमार्फत सेयर बिक्री गर्न मंसिर १० गतेसम्म समय तोकेको छ ।योग्य संस्थागत लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेन्जको कार्यालयमा बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको फाराम बुझाउनु पर्नेछ ।

बोलपत्र पेस गर्ने अन्तिम मितिको भोलिपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरूलाई निष्कासित धितोपत्र पूर्ण रूपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउने बताइएको छ । सेयर निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बी प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमता मध्यम स्तर रहेको जनाउँदछ । कम्पनीको वास्तविक वित्तीय विवरण २०७८/०७९ मा ४६ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ । उक्त अवधिसम्म कम्पनीको नेटवर्थमा औषत प्रतिफल ६ रुपैयाँ ७२ पैसा छ ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १३:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट