April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने 

रास्वपा राजनीतिक रोडम्याप तय गर्न बैठक बस्दै

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १0:४७
रास्वपा राजनीतिक रोडम्याप तय गर्न बैठक बस्दै
  • बैठक आजदेखि महोत्तरीको जलेश्वरमा सुरु
  • राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश हुने
  • घरदैलो कार्यक्रमको समीक्षा पनि हुने

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजदेखि महोत्तरीको जलेश्वरमा सुरु हुँदै छ । मध्याह्न १२ बजेपछि बस्ने बैठकमा प्रदेश सभापति र इन्चार्जहरुलाई आमन्त्रित सदस्यका रूपमा बोलाइएको छ ।यसअघि गत कात्तिक २२ र २३ गतेका लागि तय गरिएको बैठक जाजरकोट भूकम्पपछि स्थगित गरिएको थियो ।आजदेखि १३ गतेसम्म (३  दिन) चल्ने बैठकले पार्टीको आगामी नीति र राजनीतिक रोडम्याप तय गर्ने रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार बैठक केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश हुने छन् । सासंदहरूको र संसदीय कार्यको समीक्षा तथा महाधिवेशनको विधिबारे पनि बैठकमा छलफल हुने छ । रास्वपाका नेताका अनुसार वडाभन्दा माथिल्लो तहको अधिवेशनको विधि यो बैठकले टुंगो लगाउनेछ। वडाको अधिवेशन भने सुरु भइसकेको छ । यसैगरी मंसिर पहिलो साता सन्चालन गरिएको घरदैलो कार्यक्रमको समीक्षा पनि हुने रास्वपाले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १0:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट