April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

कमलालाई साथ दिने रविको प्रतिबद्दता

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १४:१५
कमलालाई साथ दिने रविको प्रतिबद्दता
  • कमला नदी बचाऔं अभियानलाई साथ दिने
  • सडकदेखि सदनसम्म कुरा उठाउने
  • मधेशको ऋण लामिछानेले व्याजसहित तिर्ने

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमला नदी बचाऔं अभियानलाई साथ दिने बताएका छन् । आज धनुषास्थित कमला नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले सो कुरा बताएका हुन् । कमला बचाऔं अभियानलाई केन्द्रसम्म पुर्‍याने हुलाकी राजमार्गको मुद्दा उठाइरहने उनले बताए । त्यो जिम्मेवारी आफूले लिएको भन्दै उनले सडकदेखि सदनसम्म कुरा उठाउने बताए ।

मधेश, पहाड र हिमालको मुद्दा त्यसै स्थानले मात्रै उठाउने प्रवृत्ति रहेको बताउँदै उनले भने, ‘जब मधेशको मुद्दा देशको मुद्दा हुन्छ, पहाडको मुद्दा देशको मुद्दा हुन्छ । त्यो बेला आधा भन्दा बढी जनसंख्या भएको मधेश अँध्यारोमा बस्नु पर्दैन ।’मधेशले आफूलाई ऋणी बनाएको भन्दै लामिछानेले उक्त ऋण व्याजसहित तिर्ने बताए । मधेशका कार्यक्रममा केन्द्रित भइरहेको रास्वपाले आजदेखि तीन दिनसम्म केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा गर्दैछ ।

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १४:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट