May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

पुरस्कारको व्यवस्था नभएको भए सुन समाउन सकिन्नथ्यो : अर्थमन्त्री

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १२:४३
पुरस्कारको व्यवस्था नभएको भए सुन समाउन सकिन्नथ्यो : अर्थमन्त्री
  • पुरस्कारको व्यवस्थाका कारण करिब १०० किलो सुन बरामद
  • सुन तस्करी प्रकरणको अनुसन्धान जारी
  • गैरकानुनी काम गर्ने जो कोहीमाथि कारबाही हुने

काठमाडौं ।।

आर्थिक वर्ष २०८०-०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण करिब १०० किलो सुन बरामद गरिएको अर्थमन्त्रीले  जिकिर गरे । सुन तस्करी प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानुनी काम गर्ने जो कोहीमाथि कारबाही हुने डा. महतले बताए ।

भन्सारमा प्रविधिको अपडेट र आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए । भन्सारमा हुने अनियमिततालाई निस्तेज पार्नुपर्नेमा उनले जोड दिए ।

“…मैले बजेटमा नै प्रस्ताव गरेको हो कि यो भन्सारमा कतिपय कुराहरूलाई, अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो । मलाई लाग्छ, त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो । हामी जुन यो सुन प्रकरण छ, त्यसको जरोसम्म नै पुगेर अनुसन्धान प्रक्रिया अघि बढेको छ,” उनले भने, “कतिपय अवस्थामा यस्ता घटना हुन्छन्, त्यसमा राज्य सुशासन कायम गर्न त्यस्ता दुरुपयोग, अनियमितता, गैरकानुनी काम गर्न नदिन कटिबद्ध छ । त्यहीअनुसार काम भइरहेको छ । छानबिनका लागि अनुसन्धान टोली बनाएर हामीले काम गरिरहेका छौँ । अब त्यस्ता कुरा हुन नदिन आधुनिक मेसिन जडान, अपडेट गर्ने, कर्मचारीहरूमा उदासीनता भएको भए कारबाही हुन्छ, भइसकेको पनि छ । यसमा पारदर्शी ढंगबाट अनुसन्धान भई कारबाही हुन्छ । राज्य संयन्त्र गम्भीर छ ।”

पार्टी केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेसँगै भ्रम छर्न सक्ने गुञ्जायस नरहेको उनले बताए । बैठक लाइभ गरिँदा राम्रो प्रतिक्रिया पाइरहेको उनको भनाइ छ ।

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १२:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।