May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने

कांग्रेसको लुम्बिनी सम्मेलन मंसिर १६ र १७ लाई तोकियो

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० ११:५७
कांग्रेसको लुम्बिनी सम्मेलन मंसिर १६ र १७ लाई तोकियो
  • नेपाली कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्न लाग्यो 
  • १६ र १७ गतेका लागि सम्मेलनको मिति तोकियो 
  • सम्मेलनको उद्धघाटन सभापति शेरबहादुर देउवाले गर्ने

काठमाडौं ।।

देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्न लागेको छ । पार्टीका सबै तहले प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएकाले प्रदेश संरचनाको पनि सम्मेलन हुन लागेको हो । सात प्रदेशमा सबै भन्दा अघि लुम्बिनी प्रदेशले सम्मेलन गर्न लागेको छ । प्रदेश कार्यसमितिले मंसिरको १६ र १७ गतेका लागि सम्मेलनको मिति तोकेको छ । लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्र बुटवलमा सम्मेलन राखिएको छ ।

सम्मेलनको उद्धघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् । सम्मेलनमा पार्टीका शीर्ष तहका नेताहरुलाई आमन्त्रण गरिएको छ । उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सम्मेलनमा बोलाइएको छ । पहिलो दिन उदघाटन र दोस्रो दिन बन्द सत्र हुने कार्यतालिको छ । आर्थिक, सांगठनिक, राजनीतिक प्रतिवेदन पेश हुनेछ । उपसभापति भुवन श्रेष्ठले राजनीतिक, सांगठनिक महामन्त्री विक्रम खनाल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रंकाश रानाले पेश सहमहामन्त्री निमा गिरीले जानकारी दिइन् । सम्मेलनमा लुम्बिनी प्रदेशका ५०० बढी प्रतिनिधि सहभागी हुनेछन् ।

 

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।