April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्?

नेपालीले भारतीय नागरिककी श्रीमती र धनमाल लुटेर गायब, छोराले गरे आत्महत्या

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १४:५४
नेपालीले भारतीय नागरिककी श्रीमती र धनमाल लुटेर गायब, छोराले गरे आत्महत्या

कैलाली । नेपालीका कारण एक भारतीय नागरिकको परिवार बिचल्लीमा परेको छ । नेपालीले भारतीय नागरिककी श्रीमतीसहित धनमाल गायब पारेपछि भारतको हैदराबादका कुलदीप सिंहको परिवार अहिले विक्षिप्त अवस्थामा छ । नेपाली नागरिकले आमाको अश्लील भिडियो पठाएपछि कुलदीपका जेठा छोराले आत्महत्या समेत गरेका छन् । हालसम्म गुमनाम रहेका उनीहरुको खोजीकार्यमा सहयोग गरिदिन भारतीय परिवारले हारगुहार गरिरहेको छ ।

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ८ का चेतन सिंह कामको खाजीमा गत कार्तिक महिनामा हैदराबाद पुगेका थिए । उनलाई त्यहाँका व्यापारी कुलदीप सिंहले मासिक २१ हजार भाडा तिर्ने गरी आफ्नै पसल अघि राखेको ठेला भाडामा दिए । चेतनले त्यहाँ फास्ट फुडको व्यापार गर्थे । उनले लगातार ३ महिना सम्म ठेला चलाए । तर व्यापार राम्रो नभएको भन्दै चेतनले कुलदीपलाई मासिक भाडा दिएनन् । केही दिन नेपाल आउने र फर्केपछि भाडा दिने बताएका थिए ।

 

त्यही बिचमा कुलदीप काम बिशेषले राजस्थान गए । त्यही मौका छोपी कुलदीपकी ३८ वर्षीया श्रीमती कविता काबिया, २ थान ल्यापटप, करिब १८ लाख नगद भरतीय रुपैयाँ र ६० तोला सुन सहित चेतन पनि बेपत्ता छन् । यो घटनाले भारतीय परिवारका बज्रपात निम्तीएको छ । चेतनले आमा अश्लील भिडियो पठाए पछि कुलदीपमा २२ वर्षिय जेठा छोराले आत्महत्या गरेका छन् । उनका अर्का छोराले आत्महत्याको प्रयास गरेका छन् । उनकी सात वर्षिया छोरी आमाको बियोगमा प्रदाडित भएकी छन् भने कुल्दीप अस्पताल भर्ना भएका छन् ।

 

केही महिना अघिसम्म चेतनले फेसबुक म्यासेज मार्फत भारतीय सिंह परिवारलाई धम्की दिने, असभ्य र अश्लील गाली गर्ने तथा आत्महत्या दुरुत्साहन गर्ने काम गर्दै आएका थिए । उनले कविता काबियालाई कुटपिट गरेको तथा चोटपटक लागेको फोटो समेत पठाउने गरेका थिए ।

अहिले चेतन कहाँ छन र काबियाको अवस्था के छ भन्ने बारे कुनै जानकारी छैन । काबिया तथा चेतनलाई सम्पर्कमा आउन भनी भारतीय सिंह परिवारले बारम्बार आग्रह गर्दै आएको छ ।

अहिले चेतन नेपालमा लुकेर बसेको पीडितको दाबी छ । यता प्रहरीले भने मौखिक जानकारी आए पनि लिखित निवेदन नआएको बताएको छ । आफुहरु चेतनको घरमा बारम्बार जाँदा पनि फेला पार्न नसकेको र इन्टरपोल तथा एम्बेसीमार्फत पीडितको निवेदन आएमा प्रहरीलाई अन्तरजिल्लाको खोजी कार्यमा सहज हुने दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालको भनाई छ । उता भारतीय प्रहरीले पनि उनीहरुको खोजी कार्य तीव्र पारेको छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १४:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट