April 7, 2025 | सोमवार, चैत्र २५, २०८१
सुचनाहरु
रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको? 

दुर्गा प्रसाईंले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै : माधव नेपाल

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १२:२४
दुर्गा प्रसाईंले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै : माधव नेपाल
  • राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै
  • राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी
  • काठमाडौँका आन्दोलन उपलब्धिविहीन

सुर्खेत ।।      

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको बताएका छन्। भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिम र जाजरकोट पुगेर काठमाण्डौँ फर्कनेक्रममा मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा नेपालले यस्तो बताएका हुन्। राजतन्त्र इतिहास भइसकेको भन्दै उनले कसैले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको तर्क गरे। ‘गणतन्त्र जनताको व्यवस्था हो, यो कुनै परिवार र खानदानको व्यवस्था होइन,’ नेपालले भने, ‘सरकार र मन्त्रीको विषयमा प्रश्न उठाउन सकिएला तर फेरि पनि राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हो।’उनले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनीसमेत दिए।

‘सरकारले गलत काम गरेको छ भने सरकारका विरुद्धमा उभिनुपर्यो , तर व्यवस्थाको विरोध गर्दै राजसंस्था ल्याउँछु भन्ने नारा लगाउनु वाहियात हो,’ उनले भने। मेडिकल व्यवसायी दुर्गा प्रसाईतिर इंगित गर्दै नेपालले राजावादीहरूले ठूलो हुङ्कार गरेर काठमाडौँमा आन्दोलन गरे पनि त्यो उपलब्धिविहीन भएको बताए। पछिल्लो समय देशको देखिएको आर्थिक संकट र संघीयताको विषयमा भएका गल्ती कमजोरी भने सच्चाउनुपर्ने बताए। ‘मुलुकमा देखा परेको आर्थिक संकट र जनताले भोगिरहेका समस्या समाधानको विषय सोच्नुपर्ने बेला आएको छ’ उनले भने, ‘राजतन्त्र ल्याएपछि बैंकको ऋण मिनाह हुन्छ भनेर आन्दोलन गर्नु बेर्थ मात्र हो।

’ यस्तै उनले तत्काल कुनै दलसँग पनि पार्टी एकता सम्भव नरहेको समेत बताए। ‘मन, विचार र सिद्धान्त मिलेपछि मात्रै पार्टी हुन्छ,’ उनले भने, ‘हामी अहिले पार्टीलाई सुदृढ गर्ने अभियानमा छौँ, तत्काल कसैसँग पार्टी एकता सम्भव छैन।’ अर्को प्रशंगमा नेता नेपालले भूकम्प पीडितको पुनस्र्थापना र पुनःर्निर्माणका सन्दर्भमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताए। ‘भूकम्प पीडितको अवस्था दयनिय छ, राहत र उद्धार प्रभावकारी भएपनि पुनस्र्थापना र पुनःर्निर्माण प्रभावकारी भएको देखिदैन,’ उनले भने, ‘सबै मिलेर भूकम्प पीडितको पुनस्र्थापना र पुर्निर्माणमा हातेमालो गर्नुपर्छ।’

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १२:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट