May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए

झापाको गौरादहमा दुर्घटना : एकको मृत्युु

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १३:५६
झापाको गौरादहमा दुर्घटना : एकको मृत्युु

झापाको गौरादह नगरपालिका- २ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

आज दिउँसो १२ बजे गौरादह गौरीगंज सडक खण्डमा उतरबाट दक्षिणतर्फ जादै गरेको सिटिलाई सोही दिशातर्फ जादै गरेको पिकअप गाडीले ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका सिटि चालक स्थानीय ५२ बर्षीय रघुनाथ काफ्लेलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा उनको बाटोमै मृत्यु भएका हो ।

दुर्घटनामा परी घाईते भएका सिटीमा सवार गौरादह- ३ की ५५ बर्षीया रामा नेपाल र गौरादह- ४ की ४४ बर्षीया मेनुका भण्डारीको म्याडिम्याक्स अस्पताल गौरादहमा उपचार भई रहेको छ भने पिकअप चालक गौरीगंज – ८ का २६ बर्षीय राजेश महतोको दमक अस्पताल दमकमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । सिटिमा सवार भएका २ जना मध्ये १ जनाको अवस्था सामान्य रहेको अन्य एक जनालाइ थप उपचारका लागि निम्स अस्पताल दमक लगिएको जनाइएको छ ।

अन्दाजी दिउँसो १२ बजेको समयमा गौरादह डिपु चोकबाट यात्रीहरुलाई गौरादह ३ बरगाछी तर्फ लाँदै गर्दा पानी कम्पनी बेलाको गाडीले पछाडीबाट ठक्कर दिँदा सफारी चालक गौरादह वडा नं.२ भोजपुरे टोल निवासी रघुनाथ काफ्लेको निधन भएको गौरादह वडा नं.२ का वडा सदस्य शंकर कट्टेलले बताए ।

गौ नपा ५३ नम्बरको सिटी र पिकअप अस्थायी नम्बर २५३ आपसमा ठोकिएकाे गौरादह ट्राफिक प्रमुख लक्ष्मी ओझाले जानकारी दिए । घटनाको बारेमा थप बिवरण आउन बाकी रहेको प्रहरीले बताएको छ । हाल घट्ना स्थल मुचुल्का उठाई थप अनुसन्धान प्रक्रिया अघि बढिसकेको जनाईएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १३:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्