sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पाेखरामा जुवा खेल्दा खेल्दै ५ लाखसहित १६ जना प्रहरीको फन्दामा

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १५:५३
पाेखरामा जुवा खेल्दा खेल्दै ५ लाखसहित १६ जना प्रहरीको फन्दामा
  • १६ जनालाई कास्की प्रहरीले पक्राउ गर्यो 
  • पाँच लाख पाँच हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद
  • जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दाका लागी अनुसन्धान हुँदै 

कास्की ।।

पाेखरा महानगरपालिका–२१ निर्मलपोखरी मैदानमा जुवा खेलिरहेका १६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।जुवा (कौडा) खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट गएको प्रहरी टोलीले जुवा खेलिरहेका १६ जनालाई पक्राउ गरेकाे कास्कीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले बताउनुभयाे । प्रहरीले उनीहरूकाे साथबाट पाँच लाख पाँच हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद गरेकाे छ ।

पक्राउ पर्नेमा पाेखरा–३३ भरतपोखरी बस्ने वर्ष ३८ का सन्तोष गुरुङ, वर्ष ४६ का राम केसी, पाेखरा–६ बस्ने वर्ष ३६ का सञ्जिव अधिकारी, वर्ष ४० का राम ढकाल, वर्ष ६४ का वीरबहादुर लामिछाने, वर्ष ४० का मोहनबहादुर गुरुङ छन् । यस्तै कास्की–१७ बिराैटा बस्ने वर्ष ४० का प्रकाश पोख्रेल, वर्ष ४६ का कृष्णप्रसाद भण्डारी, वर्ष ३० का कुमार भण्डारी, वर्ष ३८ का गौतम गुरुङ, वर्ष ४० का जीवन शाहीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

यसैगरी कास्की–२१ कृष्ती बस्ने वर्ष ४८ का होमबहादुर रानाभाट, वर्ष ४० का टङ्कबहादुर कार्की, वर्ष २३ का अनिष श्रेष्ठ, पाेखरा–१० अम्मरसिंह बस्ने वर्ष ६३ का मीनबहादुर बरुवाल र पाेखरा–३३ गैरागाउँ बस्ने वर्ष ३३ का रामचन्द्र आचार्य पक्राउ परेका प्रहरीले जनाएकाे छ । पक्राउ परेकाहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको डीएसपी विकले जानकारी दिनुभयाे ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid