November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

किनेर उपहार नदिन भरतपुर महानगरको आग्रह

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १६:0३
किनेर उपहार नदिन भरतपुर महानगरको आग्रह
  • किनेर उपहार सामग्री नदिन विद्यालयहरुलाई अनुरोध 
  • उपहार तथा मायाको चिनो किनेर अतिथिलाई नदिने 
  • उक्त निर्णय कार्यान्वयनका लागि आग्रह

 चितवन ।।

भरतपुर महानगरपालिकाले बार्षिकोत्सव तथा अभिभावक भेलामा प्रमुख अतिथि तथा अतिथिलाई बजारमा किनेर उपहार सामग्री नदिन विद्यालयहरुलाई आग्रह गरेको छ । महानगरपालिकाको नगर शिक्षा समितिको गत कात्तिक २२ गते बसेको बैठकले फजुल खर्च कम गर्न बजारमा किनेर उपहार तथा मायाको चिनो किनेर अतिथिलाई नदिन निर्देशन दिने निर्णय गरेको थियो ।

महानगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय व्यवस्थापन समितिलाई पत्राचार गर्दै महानगरको शैक्षिक प्रशासन महाशाखाले उक्त निर्णय कार्यान्वयनका लागि आग्रह गरेको छ । महानगरपालिकाले विद्यालयमा उपलब्ध स्रोतलाई बालवालिकाको सिकाइ सामग्री व्यवस्थापन र पठनपाठनमा अधिकतम सदुपयोग होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ । भरतपुर महानगरपालिकाभित्र १११ सामुदायिक विद्यालय छन् ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १६:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्