May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

अब अंग्रेजी र नेपालीमा पनि एमए गर्न मिल्ने

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १0:५५
अब अंग्रेजी र नेपालीमा पनि एमए गर्न  मिल्ने
  • नेपाली तथा अंग्रेजी मूल विषय पढ्नुपर्ने व्यवस्था हटाइयो 
  • अधिकांशले त्रिविको निर्णयलाई सकारात्मक माने
  • ‘विद्यार्थीले चाहन्छन् भने जे पढ्न दिने 

काठमाडौं ।।

त्रिभुवन विश्वविद्यालयले नेपाली तथा अंग्रेजी विषयमा विशेषज्ञता हासिल गर्न तल्लो तहदेखि नै नेपाली तथा अंग्रेजी मूल विषय पढ्नुपर्ने व्यवस्था हटाएको छ । विश्वका अधिकांश विश्वविद्यालयले केही प्राविधिक बाहेकका विषय पढ्न विद्यार्थीले तल्लो कक्षामा पढेको विषयलाई गौण मान्ने गरेका छन् । नेपालमा भने कतिपय विषयमा माथिल्लो तह पढ्नको लागि तल्लो कक्षामा पढेको विषयको आधारमा भर्ना नपाउने अवस्था थियो ।

२४ असोजमा त्रिवि प्राज्ञिक परिषद्ले त्यसलाई तोड्दै जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीलाई स्नातकोत्तर (एमए) मा नेपाली तथा अंग्रेजी विषय पढ्न दिने निर्णय गरेको थियो । त्यस अनुसार अंग्रेजी र नेपाली विषय विभागहरूले भर्ना खुलाएका छन् । अधिकांशले त्रिविको निर्णयलाई सकारात्मक मानेका छन् भने कतिपयले विद्यार्थी कम भएपछि विद्यार्थी बटुल्ने दाउ भनेका छन् ।

नेपाली विषय केन्द्रीय विभागका प्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुईंटेल भने नेपाली भाषाको विकासका लागि यो निर्णय अत्यन्तै जरूरी रहेको बताउँछन् । ‘संसारका अन्य विश्वविद्यालयले तल्लो तहमा जे पढेको छ, माथिल्लो तहमा पनि त्यही पढ्नुपर्छ भन्दैन । अनि हामी चाहिं किन परम्परागत सोच राख्ने भनेर यो निर्णय गरिएको हो’ उनले भने, ‘नेपाली भाषाको विकास, विस्तार र उन्नतिको लागि धेरैअघि निर्णय गर्नुपर्ने थियो ।’

प्रवेश परीक्षामा उत्तीर्ण भएकाले मात्रै भर्ना पाउने र आन्तरिक परीक्षामा फेल हुनेले अन्तिम परीक्षामा सहभागी हुन नपाउने व्यवस्था भएकाले कतिपयले चिन्ता गरे जस्तो नेपाली भाषा नबिग्रने उनी बताउँछन् । नेपाली विषय नपढेको भए पनि रुचि भएकाहरू नेपाली भाषा साहित्यमा अब्बल रहेको भन्दै विभाग प्रमुख प्रा.डा. लुईंटेल भन्छन्, ‘तल्लो तहमा नेपाली पढेकाले मात्रै नेपाली भाषाको वृद्धि, समृद्धि गर्न सक्छ भन्ने कुतर्क हो ।’

एक जना मात्रै विद्यार्थीको लागि भए पनि समय अनुसार नीतिनियम परिवर्तन गर्नुपर्ने र शैक्षिक गुणस्तर वृद्धि गर्दै जाने उनले बताए । यद्यपि सबैले पढ्न पाउने भएपछि विद्यार्थी संख्या बढ्नु स्वाभाविक हुने विभाग प्रमुख प्रा.डा. लुईंटेल भनाइ छ । अंग्रेजी विभाग प्रमुख प्रा.डा. जीवलाल सापकोटा पनि अंग्रेजी विषयमा स्नातकोत्तर पढ्न आवश्यक योग्यतामा परिमार्जन गर्नुपर्ने महसुस धेरै वर्ष अगाडि नै भएको बताउँछन् ।

उनका अनुसार २०७६ सालमै अंग्रेजी विषयको समितिले निर्णय गरेर पठाएको थियो, तर प्राज्ञिक परिषद्‍मा अंग्रेजी नै नपढेका विद्यार्थीलाई स्नातकोत्तरमा अंग्रेजी साहित्यको आधारभूत ज्ञान दिन नसकिने भन्दै निर्णय गर्न मानेन । त्यसैले अन्य विषयबाट अंग्रेजी विषयमा स्नातकोत्तरमा भर्ना भएका विद्यार्थीको लागि ‘ब्रिज कोर्स’ को रूपमा पहिलो सेमेस्टरमा ३२ घण्टाको नन क्रेडिट कोर्स पढाउनुपर्ने व्यवस्था गरिएको थियो ।

विभाग प्रमुख प्रा.डा. सापकोटाले अघि भने, ‘विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेकाहरूले मापदण्डका कारण पढ्न नपाएको गुनासो गर्नुभएकाले पनि यो निर्णय गरिएको छ । विद्यार्थी अभावको कारण गरिएको निर्णय होइन ।’ पछिल्लो समय विद्यार्थी संख्या घट्दो भए पनि अभाव नै हुने अवस्था नभएको समेत उनले दाबी गरे ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला पनि त्रिविले समय अनुसार सकारात्मक निर्णय गरेको बताउँछन् । ‘विद्यार्थीले चाहन्छन् भने जे पढ्न दिए पनि हुन्छ । अन्तर्राष्ट्रिय जगतमा यही अभ्यास छ’ उनी भन्छन्, ‘रुचि भएका विद्यार्थीले आवश्यक विषयको लागि जसरी पनि आफूलाई अपडेट राखेका हुन्छन्, त्यसलाई हामीले प्रश्रय दिनुपर्छ ।’

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट